भर्खरै

जिपी फाउण्डेशनद्धारा बारा पर्साका प्राकृतिक प्रकोप पीडितलाई रक्तदान

  • प्रकाशित मिति : Wed-04-Dec-2075
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ,चैत । बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको हावाहुरीबाट घाइतेहरुको उपचारका लागि गिरिजाप्रसाद कोइराला फाउण्डेशन काठमाण्डौले रक्तदान गरी घाइतेहरुको लागि आवश्यक पर्ने रगत सहयोग गरिदिएको छ । 
फाउण्डेशनले शुक्रबार राजधानीको जमलमा वृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरी रगत संकलन गरेको हो । फाउण्डेशनले आयोजना गरेको रक्तदान कार्यक्रममा ८२ जनाले रक्तदान गरी ८२ पाउन्ड रगत संकलन गरेको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ एवम् फाउण्डेशनको ३ नं प्रदेश कार्यसमितिकी संयोजक रिता खनाल, काठमाडौं जिल्ला संयोजक अर्जुन पराजुली, नेपाली काँगे्रस ९ नं क्षेत्रीय सभापति धर्मराज गौतम तथा गोपाल गौतम, नारायण गौतम, कमल गौतम, माधव लामिछाने, उपेन्द्र खड्का, लक्ष्मी शर्मा, अतोष पराजुली लगायत ८२ जनाले रक्तदान गरेका थिए ।
काठमाडौं २ का निवर्तमान सांसद दिपकप्रसाद कुइँकेलले रक्तदातालाई रक्तदान गर्ने ब्याग प्रदान गरि रक्तदान कार्यक्रमको उद्घघाटन गरेका थिए भने रक्तदानको लागि योगेश खड्गीले आवश्यक सहयोग गरेको फाउण्डेशनका काठमाण्डौं जिल्ला समितिका प्रवक्ता रामप्रसाद पौडेलले बताए । कार्यक्रममा रक्तदातालाई संयोजक अर्जुन पराजुलीले प्रमाणपत्र समेत वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago