बुटवलमा ग्यास सिलिण्डर बोकेको ट्रक दुर्घटना

  • प्रकाशित मिति : Tue-24-Dec-2075
  • - Admin
title

बुटवल,चैत ।  रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मगंलापुरमा आज बुटवल ग्यास उद्योगको ट्रक दुर्घटना भएको छ । बुटवल ग्यास उद्योगबाट ग्यास सिलिण्डर बोकेर बुटवल जाँदै गरेको लु १ क ८०० नम्बरको ट्रक मध्यान्ह १२ बजे मंगलापुर चोकमा एक्कासी पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 
 
बीच सडकमा स्कुटीले झुक्याएर दुर्घटना भएको ट्रक चालकले बताएका छन् । ट्रकमा २ सय ३० वटा ग्यास सिलिण्डर थिए ।
सबै सिलिण्डर सडकमा छरिएका कारण  सडकमा सवारी साधन आवगनमा असहज भएको थियो । दुर्घटनामा २ वटा रेलिङ भाँचिएका छन् । ग्याँस सडकमा छरिए पनि विष्फोट नएकाले ठुलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया