आक्षेप लगाएर छवि धमिल्याउने प्रयत्न भयो : कुलमान घिसिङ
- प्रकाशित मिति : Wed-25-Dec-2075
- - Admin

काठमाण्डौ, चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङल आक्षेप आफ्नो छवि धमिल्याउने प्रयात्न भएको बताएका छन् । रत्नपार्क स्थित नेपाल विद्युत प्राधिकरणमा आज आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणमा रहेर राम्रो काम गरिरहँदा अनेक आक्षेप लगाएर छवि धमिल्याउने प्रयत्न उनले भएको बताएका हुन् ।
गैरकानूनी रुपमा ६० लाख भन्दा बढी भत्ता बुझेको भन्दै केही सञ्चारमाध्यमा समाचार आएको प्रति दुःख व्यक्त गर्दै उनले भने “मैले ६० लाख भत्ता बुझेको हैन, राम्रो गरेर सरकारले मुल्याकंन गरेर ६ लाख दिएको हो ।” वार्षिक कार्यसम्पादन मुल्याकंन गर्दा उत्कृष्ट काम गरेको पाइए प्राधिकरणको कार्यकारी प्रमुखलाई सरकारले २४ लाख रुपैयाँसम्म अतिरिक्त भत्ता दिने व्यवस्था रहेको उनले बताए । उनले भने, ‘मैले करबाहेक ६ लाख बुझेको रहेछु । गलत कुरा प्रचार गरी व्यक्तिगत आक्षेप लगाइएको छ, म स्पष्ट पार्न चाहन्छु, प्राधिकरणले पारदर्शितालाई पहिलो मन्त्र मानेर काम गर्छ ।’
विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको भन्दै उनले आफ्नोविरुद्ध खेल गर्नेहरुसँग प्राधिकरणभित्रका केही कर्मचारीको पनि मिलोमतो रहेको बताए ।
प्राधिकरणको बोर्ड बैठकमा छलफलमा भएका कुरा बंग्याएर बाहिर ल्याउने गतिबिधि बढेको उनको भनाइ छ । उनले भने “छलफलमै रहेका कतिपय कुरा पनि बंग्याएर दुष्प्रचार गर्ने क्रम बढेको छ, विगतका एमडी र लोडसेडिङ गराउनेहरुले उनीहरुलाई कसरी परिचालित गर्दैछन् भन्ने म बुझ्दैछु ।” विगतमा कसरी लोडसेडिङ गराए भन्ने प्रमाण रहेको बताउदै उनले अहिले विगतमा प्राधिकरणको कार्यकारी निर्देशकसँग मिलेर लोडसेडिङ गराउनेहरु सक्रिय भएको बताए ।