भर्खरै

जनताको जलविद्युत अन्र्तगत दुई आयोजनाको शेयर निष्कासन हुदै, मन्त्री पुनले हजार कित्ताका लागि आवेदन दिने

  • प्रकाशित मिति : Thu-26-Dec-2075
  • - Admin
title

काठमाण्डौ, चैत । जनताको जलविद्युत कार्यक्रम अन्र्तग पछिल्लो चरणमा थपिएका साञ्जेन जलविद्युत आयोजना र रसुवागढी जलविद्युत आयोजनाको शेयर निष्काशन हुने भएको छ । दुई आयोजनाको आगामी बैशाख ६ गते  साधारण शेयर निष्कासन हुने भएको हो ।
 
ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयमा साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाको शेयर खुल्ने सम्बन्धमा आयोजित कार्यक्रममा ऊर्जा मन्त्री पुनले जनताको जलविद्युत कार्यक्रम अन्र्तगत दोस्रो र तेस्रो आयोजनाका रुपमा रहेका दुई आयोजनामा आफुले एक हजार कित्ताका लागि आवेदन दिने तयारी गरेको बताए । जनताको जलविद्युत कार्यक्रम अन्र्तगत हाल २१ वटा आयोजना रहेको र कतिपय आयोजनाहरु अध्ययनकै क्रममा रहेको बताउँदै मन्त्री पुनले जलविद्युत कार्यक्रम अन्र्तगत समेटिएका आयोजना पनि हेरफेर गर्न सकिने जानकारी दिए । जलविद्युत कार्यक्रम अन्र्तगत थप भएका दुई आयोजना एक वर्ष भित्रनै निर्माण सम्पन्न भई सर्वसाधारणले मुनाफा उनले बताए । 
 
साञ्जेन जलविद्युत आयोजना
रसुवामा निर्माणधिन  १४.८ मेगावाटको माथिल्लो सान्जेन र यसको श्रृङखलाबद्ध आयोजनाका रुपमा रहेको ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजनाको  प्रति कित्ता रु १०० का दरले सर्वसाधरणका लागि छुट्याइएको १५ प्रतिशत अर्थात् ५४ लाख ७५ हजार कित्ता बरबारको शेयर निष्काशन हुने भएको हो । त्यस्तै आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि १० प्रतिशत अर्थात् ३६ लाख ५० हजार कित्ता शेयर आगामि आर्थिक वर्ष भित्र निष्काशन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।  बैशाख ६ गते देखि सर्वसाधारणका लागि खुल्ला गरीने शेयरमा कम्पनीको शेयरका लागि यस भन्दा अघि आवेदन दिई बाँडफाडमा समावेस भईसकेका तथा आयोजना प्रभावित रसुवा जिल्लाबासीलाई छुटै शेयरको व्यवस्था रहेकाले यस आवेदनमा समावेश हुन नपाउने भएका हुन् । यस आयोजनाको शेयर निष्कासन तथा विक्री प्रबन्धक नागरिक लगानी कोष तथा सह विक्री प्रबन्धक सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेको छ । 
 
रसुवागढी जलविद्युत आयोजना
त्यस्तै १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको दोस्रो चरणमा जारी पूँजी ६ अर्व ८४ करोड २१ लाखको १५ प्रतिशत अर्थात् १ अर्व २ करोड  ६३ लाख १५ हजार बराबरको रु १०० अंकित दरले हुन आउने १ करोड दुई लाख ६३ हनार १ सय ५० कित्ता साधारण शेयर मध्ये  कुल निष्काशनको कम्पनीका कर्मचारीहरुलाई ४ प्रतिशत अर्थात ४ लाख १० हजार ५ सय २६ कित्ता शेयर  र  कुल निष्काशनको कुल निष्काशनको ५ प्रतिशत  अर्थात ५ लाख १३ हजार १ सय ५७ कित्ता नागरिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको हो ।  शेयर आवेदकले कम्तिमा  ५० र बढीमा ५ हजार कित्ता सम्मका लागि आवेदन दिन पाउने  भएका छन् । 
आयोजनाको शेयर निष्काशन तथा विक्रि प्रबन्धक सिद्धार्थ क्यापिटल  र एनआबिएल एस क्यापिटल मार्केट्स, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटललाई सह निष्काशन तथा बिक्रि  प्रबन्धक रहेका छन् । 
 
यी दुवै आयोजनाको साधारण शेयर आवेदन आगामी बैशाख ६ गते देखि १० गते सम्म खुल्ने भएको छ । बैशाख १० गते सम्म पर्याप्त आवेदन नपरेको खण्डमा जेठ ५ गतेसम्म आवेदन दिन सकिने छ । दुवै आयोजनाको ५० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेकाले सर्वसाधारणले आवेदन दिने शेयरको सतप्रतिशत रकम भुक्तानी गर्नु पर्ने छ । 
 
    

प्रतिक्रिया