“सरकारले बजारलाई व्यवस्थित गर्न व्यावसायिक नीति निर्माण गर्नुपर्दछ”

  • प्रकाशित मिति : Fri-27-Dec-2075
  • - अभिषेक भण्डारी नेशनल सेल्स म्यानेजर,गोयन्का ग्रुप
title

 
छोटो समयमा नै नेपाली बजारमा परिचित गोयन्का ग्रुपले इलेक्ट्रोनिक्स होम अप्लाइन्सेस, हार्डवेयर लगायतका सामग्रीहरु बजारमा ल्याएको छ । गुणस्तरयुक्त सामग्री  बिक्रि वितरण गर्दै उपभोक्ताको मन जित्न सफल  यस ग्रुपले कुन देशका कस्ता सामग्रीहरु बिक्रि वितरण गर्दै आएको छ, कुन सामग्री नेपालमा नै उत्पादन हुन्छ, सरकारले कस्तो सहयोग पु¥याउ“दै आएको छ, लगायतका विषयमा गोयन्का ग्रुपका नेशनल सेल्स म्यानेजर अभिषेक भण्डारीसँग विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश ः

गोयन्का ग्रुपका बारेमा बताईदिनुहोस् न । 

गोयन्का गु्रपले नेपाली बजारमा लामो समय देखि खाद्यान्नको कारोबार, डण्डी, सिमेन्ट जस्ता हार्डवयरका सामग्रीहरुको बिक्रि वितरण गर्दै आएको थियो । गत तीन वर्ष देखि भने इलेक्ट्रोनिक्स होम अप्लाइन्सेसका सामग्रीहरु बिक्रि वितरण गर्दै आएको छ । सुरुवातमा सेलो ब्राण्डका सामग्री बिक्रि गर्दै आएको भए पनि अहिले गोयन्का ग्रुपले आनो छुटै १६ ओटा इलेक्ट्रिक ब्राण्ड नेपाली बजारमा ल्याएको छ । यो वर्षबाट हामीले टर्किको यूरोप नं १ भेस्टलसँग सहकार्य गरी भेस्टलको वासिङ मेसिन बजारमा ल्याएका छौ । आगामी दिनमा बजारमा माग भए अनुरुप भेस्टल ब्राण्डको डि–फ्रिज, एयर कन्डिसनर, इन्भर्टर, एलईडी टिभी बजारमा ल्याएका छौ ।  
 
यस ग्रुपले हाल सम्म नेपाली बजारमा कस्ता–कस्ता सामग्रीहरु बजारमा ल्याएको छ ? यस बारे बताईदिनुहोस् न । 

हामीले विशेषगरी नेपाली बजारमा फ्रिज, टिभि, वासिङ मेसिन, एयर कुलर, फ्यान, मिक्चर ग्राण्डर, ग्यास स्टोभ, ग्यास हिटर लगायतका होम एपलाइन्स र किचन एपलइन्स लगायतका उच्च गुणस्तरका विद्युतीय सामग्रीहरु बजारमा ल्याएका छौ । हामीले ल्याएका यी प्रोडक्टहरुमा पनि विभिन्न मोडलहरु रहेका छन् । 
 
तपाईहरुले यस ग्रुप अन्र्तगत बजारमा ल्याउनुभएको प्रडक्टहरु मध्ये उपभोक्ताले विशेषगरी कस्ता प्रडक्टहरु रुचाउँदै आईरहेका छन् ? 

हाम्रो यस ग्रुप मार्फत बजारमा ल्याइएका प्राय सबै सामग्रीहरु उपभोक्ताले रुचाउँदै आएका छन् । बजारको माग अनुसार हेर्ने हो भने विशेष गरी गोयन्का ग्रुपको फ्रिज, डि फ्रिज टिभि बढी मात्रामा बिक्रि वितरण हँुदै आएको छ । त्यस्तै मौसम अनुसार संख्यात्मक रुपमा हेर्ने हो भने हामीले बिक्रि गर्दै आएको सूर्या ब्राण्डको यान बिक्रि हुने गर्दछ । 
 
भोलुमको हिसावले हेर्ने हो भने इन्डियन सेलो ब्राण्डका कुलर बिक्रि हुने गर्दछ ।यस ग्रुपले कुनकुन देशबाट सामग्रीहरु आयात गर्दै आएको छ ?

हामीले विशेष गरी भारत, टर्कि, चीन लगायतका अन्य मुलुकबाट सामग्रीहरु आयात गर्दै आएका छौ । भारतबाट हामीले सूर्या ब्राण्डका सामग्रीहरु, कुलर, फ्रिज आयात गर्दै आएका छौ भने टर्किबाट भेस्टल ब्रण्डका सामग्रीहरु र चीनबाट टिभी 
लगायतका सामग्रीहरु आयात गर्दै आएका छौ । टिभी भने हामीले नेपालमा नै एसेम्बल गर्दै गोयन्का टिभी उत्पादन गर्दै आएका छौ । 
  
यस ग्रुपमार्फत नेपाली बजारमा आयात हुने सामान मध्ये कुन देशको सामग्रीहरु चाहि बढी बिक्रि हुने गर्दछ ?

नेपाली बजारमा हामीले विशेष भारत, चीन र टर्कि गरी तीन देशबाट सामग्रीहरु आयात गर्दै आएका छौ । सबै प्रकारका सामग्रीहरु एकै देशमा नपाइने हुँदा हामीले विभिन्न देशबाट सामग्रीहरु आयात गर्नुपर्ने भएको हो । हामीले तीनै देशबाट ल्याएका सामग्रीहरु गुणस्तरयुक्त छन् । उपभोक्तालाई हामीले गुणस्तरयुक्त सामग्री प्रदान गर्दै आएका कारण नै हामीले ल्याएका प्रोडक्टहरु उपभोक्ताहरुले ढुक्क भई प्रयोग गर्दछन् । तीन वटै देशबाट हामीले ल्याएका सामग्रीहरु बजारमा उत्तिकै मात्रामा बिक्रि हुँदै आएको छ । 
 
गोयन्का ग्रुपको डिलरको अवस्था बारे बताईदिनु होस् न । 

बुटवल भैरहवाबाट आफ्नो प्रडक्टहरु बिक्रि वितरण गर्न सुरुवात गरेको यस ग्रुपले  अहिले नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्म अफ्ना प्रोडक्टहरु बिक्रि वितरण गर्दै आएको छ ।  स्थापनाको पहिलो वर्षमा नै यो ग्रुप नेपालमा लामो समय देखि स्थापित भइसकेका कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न सफल भएको थियो ।  दोस्रो वर्ष देखि हामीले हाम्रा प्रोडक्टहरुको बजार विस्तार गर्दै आएका हौ । हामीले यसै वर्ष देखि काठमाण्डौमा पनि आफ्नो सेवा विस्तार गर्दै आएका छौ । हाल नेपालभर १ सय ८० भन्दा बढी हाम्रा डिलरहरु रहेका छन्  । 
 
सेलो ब्राण्ड कस्तो प्रकारको ब्राण्ड हो ? यसका बारेमा बताइदिनुहोस् न । 

सेलो डटपेन सेलो ब्राण्डको पहिलो प्रोडक्ट हो । सेलो ब्राण्ड भारतीय ब्राण्ड हो । यो ब्राण्ड भारतको उत्कृष्ट ब्राण्ड हो । भारत सहित नेपालमा यसको प्रभाव राम्रो रहेको छ । हामीले विगत तीन वर्ष देखि सेलो ब्राण्डका कुलरहरु बजारमा ल्याएका छौ । यसका अलवा बजारमा सेलो ब्राण्डका किचन अप्लाइन्सेस पनि पाइन्छ । 
 
सेलो ब्राण्डका कस्ता–कस्ता मोडलहरु रहेका छन् ? यस बारेमा बताईदिनुहोस् न । 

सेलो ब्राण्डका कुलरलाई र्पसनल कुलर र डिजर्ट कुलर गरी दुई वटा विधामा छुट्याइएको छ  ।  ३० लिटर भन्दा माथि क्षमता भएका  कुलरलाई डिजर्ट कुलर मानिन्छ भने ३० लिटर भन्दा कम क्षमता भएका  कुलरलाई पर्सनल कुलर मानिन्छ । हामीले १५÷२५ का कोठामा र्पसनल कुलर रिफर गर्दै आएका छौ । हामीले विशेष गरी पहाडी क्षेत्र र गर्मी कम हुने ठाउँमा र्पसनल कुलर बिक्रि गर्दै आएका छौ भने ठूला हल, गर्मी अत्याधिक हुने ठाउँमा  डिर्जट कुलर बिक्रि गर्दै आएका छौ ।  पर्सनल कुलर र डिजर्ट कुलर अन्र्तगत टावर एण्ड सेरिज, ट्रेन्डि, आर्टिक, स्विफ्ट  लगायतका १४ वटा मोडलहरु हामीले बजारमा ल्याएका छौ । विषेशगरी तराई क्षेत्रमा गर्मी बढी हुने हँुदा डिजर्ट कुलर बढी मात्रामा बिक्रि हुने गर्दछ । ८० प्रतिशत भन्दा बढी कुलर तराई क्षेत्रमा नै बिक्रि हुने गर्दछ । 
 
यस गु्रप मार्फत बिक्रि हँुदै आएका कुलरहरुले कति विद्युत खपत गर्दछ ?

हाम्रो सेलो ब्राण्डका कुलरहरुले अन्यको तुलनामा विद्युत खपत कम गर्दछ । हामीले बजारमा ल्याएको कुलर लो भोल्टजमा पनि चल्ने गर्दछ ,भने कतिपय कुलर इन्र्भटरबाट पनि चल्ने गर्दछ ।
 
यस ग्रुपले ल्याएका सामग्रीहरु गुणस्तरयुक्त छन् र यसको प्रयोग गर्नुपर्छ भन्ने आधारहरु के–के रहेका छन् ?

हामीले उपभोक्तालाई लक्षित गर्दै बजारमा गुणस्तरयुक्त सामग्रीहरु ल्याएका छौ । गुणस्तरयुक्त, भरपर्दो, टिकाउ र उपयुक्त मूल्यमा हामीले ल्याएका सामग्रीहरु उपभोक्ता सम्म पु¥याउनु हाम्रो प्रमुख लक्ष्य हो । हामीले ल्याएका सामग्रीहरु गुणस्तरयुक्त भएकै कारण उपभोक्ताले हाम्रा सामग्रीहरुलाई विश्वास गरेका छन् । उपभोक्ताले गरेको विश्वासका कारण हामीलाई  हौसला मिलेको छ । 
 
बजारमा विद्युतीय सामग्रीको बिक्रि वितरणमा अस्वस्थ प्रतिस्पर्धा भईरहेको छ भन्ने सुनिन्छ यसमा तपाई के भन्नु हुन्छ ?

नेपाली बजारमा विभिन्न ब्राण्ड र कम्पनीका विद्युतीय सामग्रीहरु आउने गर्दछ । बजारमा आएका कतिपय सामग्रीहरु ब्राण्डेड कम्पनीको नाम लिदै ठगि समेत गर्ने गर्दछन् । यस्ता सामग्रीहरु प्रति उपभोक्ता सचेत हुन जरुरी छ । त्यस्तै कुनैपनि कम्पनीले सामग्रीहरुमा वारेन्टी दिने गर्दछन्, कम्पनीले सामग्रीको कुन प्रमर्टमा केका लागि वारेन्टी दिएको हो सो विषयमा उपभोक्ता सचेत हुनुपर्दछ ।
 
यस ग्रुप अन्र्तगत कुन–कुन सामग्रीमा कति–कति वर्षको वारेन्टी दिदै आइरहनु भएको छ ?

हामीले टिभिमा फुल १ वर्ष वारेन्टी र २ वर्ष सर्भिस वारेन्टी गरी ३ वर्षको वारेन्टी दिदंै आएका छौ, वासिङ मेसिनमा सेमी अटोमेटिक र टप लोडिङ्गमा ५ वर्ष, फ्रलन्ट लोडिङ्गमा १० वर्ष वारेन्टी दिदंै आएका छौ  । त्यस्तै  सेलो कुलरमा १ वर्ष, डि फ्रिजमा ३ वर्ष, एयर कन्डिसनमा ५ वर्ष, रेफ्रिजेनेटरमा ५ वर्ष  वारेन्टी दिदै आएका छांै ।  
 
भेस्टलको वासिङ मेसिनका बारेमा बताईदिनु होस् न ।  

भेस्टलको वासिङ मेसिन टर्किमा निर्माण हुन्छ  । यो युरोपको नम्बर १ ब्राण्ड हो । हामीले भेस्टलको वासिङ मेसिन नेपाली बजारमा ल्याएका छौ । भेस्टलले वासिङमेसिन मात्र नभई विभिन्न सामग्रीहरु उत्पादन गर्दै आएको छ यद्यपि नेपाली बजारमा वासिङ मेसिनमा फ्रन्ट लोडिङ्ग, टम्बल वासको बजार दिन प्रतिदिन बढ्दै गएको छ । नेपाली बजार सुहाउँदो र उपभोक्ताको रोजाई अनुरुप हामीले भेस्टलको वासिङ ल्याएका हौ ।  
 
गोयन्का ग्रुपको हाल बजारको अवस्था कस्तो रहेको छ त ? यस बारे केही बताईदिनुहोस् न ।

गोयन्का ग्रुप अन्र्तगत हामीले बजारमा ल्याएका प्रडक्टहरु गुणस्तरयुक्त र उपभोक्तामैत्री रहेकोले उपभोक्ताले रुचाउँदै आइरहेको छ । हामीले स्थापना देखि नै गुणस्तरयुक्त प्रडक्ट बिक्रि वितरण गर्दै आएको कारण वर्षेनी हाम्रा प्रडक्टको माग बढ्दै गएको छ ।
 
यस ग्रुपको भावि योजनाहरु  के–के रहेका छन् ?  

समय सापेक्ष उपभोक्ताको मागलाई सम्बोधन गर्दै नयाँ प्रविधियुक्त प्रडक्ट बजारमा ल्याउने हाम्रो प्रमुख लक्ष्य रहेको छ । हामीले यो आर्थिक वर्षमा पनि उपभोक्ताको माग अनुरुप किचन रिलेटेड, म्युजिकल आइटम र भेस्टल ब्राण्ड अन्र्तगत वासिङ
मेसिन मात्र नभई अन्य प्रडक्टहरु पनि थप्ने योजनामा छौ । 
 
तपाईहरु जस्तो उद्योगीलाई सरकारले कस्तो सहयोग गर्नुपर्ला ?

बजारमा अहिले पनि न्यूनविजकिकरणको समस्या छ, यसलाई  सरकारले पूर्णरुपमा निर्मूल गर्ने हो भने बजार राम्रो हुन्छ । त्यस्तै बजारलाई व्यवस्थित गर्न व्यावसायिक नीति हुनुपर्दछ । कति पुजी आवश्यक पर्छ, कसरी  व्यवसाय सुरु गर्ने, कसरी 
व्यवस्थापन गर्ने भन्ने विषयमा निश्चित मापदण्ड  सरकारले निर्धारण गरेको खण्डमा उद्योगीहरुलाई  केही सहज हुन्छ । त्यस्तै हामी जस्तो भर्खरै काम सुरु गरेको र बजारमा राम्रो प्रभाव पार्न सफल कम्पनीहरुलाई सरकारले प्रोत्साहन गर्नु आवश्यक छ । बजारमा भइरहेको अस्वस्थ प्रतिस्पर्धा न्यूनिकरणका लागि सरकारले ध्यान दिनु आवश्यक छ । 
 
अन्त्यमा के भन्न चाहनु हुन्छ ?

बजारमा विभिन्न ब्राण्ड र कम्पनीले विभिन्न प्रकारका सामग्रीहरु ल्याइरहेका हुन्छन् । बजारमा आएका सामग्री किन्दा  उपभोक्ता सचेत हुन जरुरी छ । उपभोक्ताले जुनसुकै सामग्री किन्दा पनि फूल भ्याट बिल लिएर मात्र सामग्री किन्न आग्रह गर्दछु ।

प्रतिक्रिया