भर्खरै

बनेपामा विद्यार्थीले बनाए ‘विश्वकै नमुना कार‘ संसारका अन्य उत्पादनसँग प्रतिष्पर्धा गर्दै

  • प्रकाशित मिति : Fri-27-Dec-2075
  • - Admin
title
बनेपा,चैत । काठमाडौं विश्वविद्यालय (केयु) केन्द्रीय कार्यलयका अटोमोबाईल्स विभागमा अध्ययनरत विद्यार्थीले नयाँ तीनचक्के सवारी साधनको निर्माण गरेका छन् ।यस्तो मोडेलको सवारी साधनलाई नेपालकै नमुना सवारी साधन भएको उनीहरुको दाबी छ । आगामी अप्रिल महिनाको १९ तारिखदेखि मलेसियामा विश्वका उत्कृष्ट मेकानिकल इन्जिनियर सहभागी हुने सेल ईको म्याराथन एसियामा प्रर्दशनमा यो सवारी साधन पनि प्रतिष्पर्धी बन्ने बताइएको छ । नयाँ मोडेलको यो सवारी साधन सेन्सरयुक्त छ । साथै नेपालबाट सेलमा भाग लिएर प्रतिस्पर्धा गर्ने पहिलो नेपाली टोली र उत्कृष्ट सवारी साधन हुने अटोमोबाईल मेकानिकल विषय चौंथो वर्षमा अध्ययनरत जुनकिरी टिमका संयोजक विद्यार्थी सागर थापा बताउँछन् ।
दशैँ अघिदेखि सुरु गरिएको गाडी तयार गरी मलेसियामा हुने अन्तर्राष्ट्रिय स्तरको सम्मेलनका लागि आवेदन दिएर प्रतिष्पर्धामा आएका छौँ,’ उनले थपे ‘हाम्रो मात्र नभएर मुलुकै शान हो । मलेसियामा हुने प्रतिष्पर्धामा विश्वका गाडी उत्पादकसँग प्रतिष्पर्धा गर्नेछौँ र पहिलो बन्ने अपेक्षा छ । यो विश्वकै उत्कृष्ट मेकानिकलाई समेत चुनौती हो । यसले मुलकमै सवारी साधनको उत्पादन गर्न समेत सहज हुने दावी उनीहरुको छ । अन्तर्राष्ट्रिय स्तरमा पहिलो पटक नेपालमा तयार भएको गाडी प्रर्दशन गर्ने अवसर प्राप्त भएको भन्दै यो अवसरलाई सदुपयोग गर्ने विद्यार्थीहरुले बताएका छन् ।
विद्यार्थीहरुले तयार पारेको यो सवारी साधन वतावरणमैत्री पनि रहेको केयुका मेकानिकल इन्जिनियर डिपार्डमेन्टका प्रमुख प्राध्यापक डा. डेनियर तुलाधरले बताए ।‘मेलेसियामा हुने प्रतिष्पर्धामा हामी सयौं देशबाट प्रथम हुने प्रयासमा छौँ । यसका लागि विद्यार्थी, विश्वविद्यालय दिनरात लागेको छ । अब सरकार र लगानीकर्ताले साथ र सहयोग गरेमा हाम्रो उत्पादनले अवसर पाउने आशा लिएका छौँ ।’जुनकिरीमा आधुनिक प्रविधिको प्रयोग र वातावरण मैत्री रहेको जसले अन्य मुलकबाट आयात गर्दा लाग्ने मुल्य भन्दा निकै कम मुल्य र प्रदुषण समेत कम गर्न सकिने उनले दावी गरे ।तुलाधरका अनुसार सन् २०१६ देखि सुरु भएको अभियानमा काठमाडौं विश्वविद्यालय सफल नभए पनि २०१८÷२०१९ मा प्रस्ताव पेश गरी २०१८ अप्रिल २९ मा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन सन् २०१७ बाटै निर्माण सुरु गरेको बताइएको छ । ५० सिसी क्षमता रहेको उक्त सवारी ग्यासबाट चल्छ । तौल ५० किलो रहेको मेकानिकल ईन्जिनियर विजेन्द्र श्रेष्ठले बताए ।
निर्माण भएका अधिकांश सवारी साधनमा कार्वोरेटरको प्रयोग गरिएको हुन्छ । जसले पुरानो भएपछि वातावरणमा कालो धुवा र प्रदुषण गर्छ । तर जुनकिरीमा एफआई किटको प्रयोग र इन्जिनमा सेन्सर भएकाले कालो धुवाँ आउनासाथ इन्जिन आफैँ बन्द हुने र स्टार्ट नहुने भएकाले प्रदुषण रोक्नथाम हुने थापाको दावी छ ।
‘ग्यासलाईन इन्जिनबाट उर्जा निकालेर एयरडाईनामिक डिजाइनमा निर्माण भएको जुनकिरीमा अक्सिजन सेन्सर रहने छ, जसले धुवामा कार्बोन डाईअक्साईडको मात्र बढ्नासाथ सेन्सरको मदतले ईन्जिन रोकिने आधुनिक प्रविधिको प्रयोग गरेका छौँ, यो नौलो प्रयोग हो,’ उनले थपे । आफूहरुको सीप र ज्ञानलाई उद्यमसँग जोडेर नेपाललाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने उनीहरुको दावी छ । थापाका अनुसार १० जनाको समुह मिलेर निर्माण गरेको उक्त साधनकोमुल्य २ लाख ७० हजार छ ।  साभार  ः चेतना अनलाइन

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago