भर्खरै

‘इ–टिकेटिङ’ सेवाप्रति यात्रु आकर्षित

  • प्रकाशित मिति : Fri-27-Dec-2075
  • - Admin
title

काठमाडौँ,  चैत । दुई साता अघि साझा यातायातले  परिक्षणका रुपमा शुरु गरेको ‘इ–टिकेटिङ’ सेवा प्रति यात्रु आकर्षित  हुँदै गएका छन् । ‘इ–टिकेटिङ’  प्रयोग गर्न चाहने यात्रुको संख्या बढिरहेको र सेवाप्रति आकर्षित हुँदै गएको साझाले जनाएको हो ।
  भाडाका लागि दैनिक रकम तिर्नुका साटो कार्ड खरिद गरेर भाडा तिर्न सजिलो हुने साझाले जनाएको छ । परिक्षणका लागि पुल्चोकस्थित कार्यालय वा बसका सहचालक लगायतका कर्मचारी मार्फत साझाले कार्डको बिक्री गरिरहेको प्रबन्धक महेन्द्रराज पाण्डेयले जानकारी दिए । इ–टिकेटिङ यात्रुका लागि नयाँ भएकाले अहिलेसम्म उनीहरुमा अन्योल रहेको उनले  बताए । 
 
कार्ड किनेपछि साझाको मात्रै नभएर अरू बसहरुमा समेत लागू हुँदा यात्रुलाई समेत सजिलो हुने उनले बताए । साझा यातायातले सार्वजनिक यातायातमा ल्याएको यो सुविधा नयाँ हो । साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी (सिटी)बस थपेको छ । पहिले उपत्यकाको शहरी क्षेत्रमा सीमित साझाका बसहरु अहिले काठमाडौँ उत्यकाका ग्रामीण क्षेत्रसम्म फैलिएको छ । साझाले काठमाडौँ देखि बाग्लुङ र काठमाडौँदेखि कुश्मासम्मको लामो दूरीका दुई–दुई बससमेत सञ्चालन गरिरहेको छ । साझा यातायातले उपत्यकाका स्थानीय तहसँगको समन्वयमा बस खरीद गरेर सेवा विस्तार गरिरहेको छ । साझा यातायातले गत वर्षदेखि ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरेर ‘सेमी लो स्टेप बस’ समेत सञ्चालनमा ल्याएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 11 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 16 hours ago