भर्खरै

काठमाण्डौ विद्युत व्यवसायी संघको वनभोज सम्पन्न

  • प्रकाशित मिति : Fri-27-Dec-2075
  • - Admin
title

काठमाण्डौ, चैत । काठमाण्डौ विद्युतीय व्यवसायी संघद्धारा आयोजित वनभोज कार्यक्रम सम्पन्न भएको छ ।  “खुशी र मनोरञ्जन हाम्रो काठमाण्डौ विद्युतीय व्यवसायी संघ” भन्ने नाराका साथ  गत चैत २३ गते शनिबार संघद्धारा आयोजित वनभोज कार्यक्रमको सम्पन्न भएको हो । संघमा आवद्ध व्यवसायी सदस्यहरु बीच भेटघाट तथा सामिप्यता बढाउने उद्धेश्यका साथ वनभोज कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष राजेन्द्र वैष्णवले जानकारी दिए । उनका अनुसार वनभोज कार्यक्रममा २ सय ८५ भन्दा बढी व्यवसायीहरु उपस्थिति रहेको बताए । संघमा आवद्ध व्यवसायीहरुको उत्साहजनक सहभागिता साथ सम्पन्न भएको वनभोज कार्यक्रममा खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमको पनि आयोजना गरिएको अध्यक्ष बैष्णवले जानकारी दिए ।  गत तीन वर्ष देखि संघले आकस्मिक कोष सञ्चालन गर्दै आएको बताउँदै वनभोजको टिकटबाट उठेको रकमको १० प्रतिशत आकस्मिक कोषमा जम्मा गरिएको अध्यक्ष बैष्णवको भनाई छ । संघले सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आएको तथा प्राकृतिक विपत्तिको समयमा राहत वितरण गर्दै सेवामुलक काम गर्दै आएको पनि उनले जानकारी दिए । वनभोज कार्यक्रम फर्पिङ्ग जलविद्युत गृह फर्पिङ्गमा भएको थियो । जुन नेपालको पहिलो आयोजना हो । 

प्रतिक्रिया