भर्खरै

मस्र्याङ्दी काठमाडौं प्रसारण लाइनको काम अन्तिम चरणमा

  • प्रकाशित मिति : Fri-27-Dec-2075
  • - Admin
title
 
गोरखा,चैत । २२० केभी को मस्र्याङ्दी –काठमाडौं प्रसारण लाइनअन्तर्गत गोेरखातर्फ पर्ने ३३ किलोमिटर क्षेत्रमा करिब ९० प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाका इञ्जिनियर सीताराम अधिकारीका अनुसार प्रसारण लाइनमा गोरखतर्फ पर्ने क्षेत्रमा हाइटेन्सन टावर राख्ने काम करिब सम्पन्न भएकोे छ ।
प्रसारण लाइनअन्तर्गत गोरखातर्फ पर्ने गण्डकी गाउँपालिका, शहीद लखन गाउँपालिका र गोरखा नगरपालिका क्षेत्रमा टावर राख्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । उनका अनुसार गोरखा क्षेत्रमा ६६ हाइटेन्सन लाइन निर्माण गर्नुपर्नेमा अहिलेसम्म ६३ निर्माण भइसकेको  र बाँकी तीन टावर निर्माण पनि करिब एक हप्ताभित्रमा सम्पन्न गर्ने बताए । 
गोरखा जिल्लाका तीन गाउँपालिका हुँदै काठमाडौंको मातातीर्थसम्म पुग्ने प्रसारण लाइनको ३३ किलोमिटर क्षेत्र गोरखा जिल्लामा पर्छ । ‘गोरखातर्फ तार तान्ने काम मात्रै बाँकी  रहेको बताउँदै इन्जिनियर अधिकारीले भने, लगभग सात किलोमिटर जति  तार तान्ने काम पनि भइसकेको छ ।’ आयोजनाले तनहुँको आबुखैरेनी गाउँपालिका स्थित मार्की चोक र काठमाडौंको मातातीर्थमा सबस्टेशन निर्माण गरी प्रसारण लाइन निर्माणको काम अघि बढाएको थियो । जसअन्तर्गत मार्की चोकदेखि मातातीर्थ सम्म कुल २३१ हाइटेन्सन टावर निर्माण गर्नुपर्ने इञ्जिनियर अधिकारीले बताए । आयोजनाको दुवै सबस्टेशन निर्माणको काम समेत करिब ७० प्रतिशत सम्पन्न भएको जानकारी छ । कुनै प्राविधिक समस्या नभएमा आगामी छ महिना भित्रमा मस्र्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न हुने इञ्जिनियर अधिकारीले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago