भर्खरै

झु्क्याएर बालुवाटारको जग्गा बेचे, विष्णु पौडेलले क्षतिपूर्ति पाउनुपर्छ : मन्त्री बाँस्कोटा

  • प्रकाशित मिति : Sat-28-Dec-2075
  • - Admin
title
काठमाण्डौ ।  सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री निवास रहेको बालुवाटारको जग्गा किनबेचमा पीडित बनेकाहरुलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् ।  
आज सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारले यसअघि नै बालुवाटारस्थित ललिता निवासको जग्गा किनबेचमा रोक लगाइसकेको बताउँदै उनले नक्कली कागजात खडा गरेर जग्गा बिक्री गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । 
जग्गा किनबेचबारे छानबिन गर्न बनेको शारदाप्रसाद त्रिताल नेतृत्वको समितिको सिफारिसअनुसार त्यहाँको जग्गा यसअघि नै सरकारले किनबेचमा रोक्का लगाइसकेको छ  । नक्कली कागजातका आधारमा झुक्याएर जग्गा बेच्नेलाई कारबाहीको दायरामा ल्याएर त्यसबाट पीडित बनेकालाई क्षतिपूर्ति भराउने मन्त्री बाँस्कोटाको भनाई छ । 
नेकपाका महासचिव विष्णु पौडेल पनि जग्गा किनबेचमा नाम जोडिएको छ नि भन्ने प्रश्नमा मन्त्री बाँस्कोटाले उहाँ जग्गा किनेर ठगीमा परेको बताउँदै उनलाई कसैले झुक्याएर जग्गा बेचेकाले उनले क्षतिपूर्ति पाउनु पर्ने उनको तर्क छ ।  
त्यहाँको जग्गा अन्य सर्वसाधारण व्यक्तिहरुले पनि किनेको र उनीहरु पनि ठगीमा परेको उनले बताए ।  ‘सत्तारुढ दलका महासचिव हुँदैमा यदि फर्जी काममा विष्णु पौडेल रहेको फेला परे पौडेल पनि कारबाहीको दायरामा ल्याऔ छौं’, बाँस्कोटाले भने, ‘यसमा सत्तारुढ प्रतिपक्षी जो सुकै होस् कोही कसैले उन्मुक्ति पाउँदैन ।’  
सरकारी सम्पत्तिको रक्षा गर्ने दायित्व सरकारको भएकाले यसमा कुनै पनि बहानामा कसैलाई छुट नदिने उनले प्रष्ट पारेका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago