भर्खरै

नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध लगाइयो

  • प्रकाशित मिति : Sat-28-Dec-2075
  • - Admin
title
काठमाडौँ । नेपालमा पब्जी खेल्न नपाउने भएको छ ।  पछिल्लो समय बालबालिका , किशोर किशोरी लगाएतले एकदमै खेल्ने गरेको पब्जी खेललाई नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा खेल्न रोक लगाइएको हो ।
पब्जी खेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले प्रतिबन्ध लगाउन सबै इनरनेट माध्यमलाई निर्देशन गरेको छ । बिहीबारदेखिनै प्राधिकरणले पब्जी खेल डाउनलोड र खेल्न नदिन पत्र पठाइएको जनाएको छ ।
मनोचिकित्सकहरूका अनुसार यो खेलले मानवलाई हिंसा तिर धकेलिरहेको छ । केही समय अगाडि छिमेकी मुलुक भारतका केही सहरमा खेललाई प्रतिबन्धित लगाइसकेको  छ । गुजराँतमा यो खेल खेल्ने केही युवाहरुलाई पक्राउ गरिएको खबर भारतीय मिडायामा आएको थियो ।
भारतमै पब्जी खेलको कुलतका कारण एकजना २० वर्षीय युवकको मृत्यु भएको घटना सार्वजनिक भएको थियो ।करिब ४५ दिनदेखि लगातार पब्जी मोबाइल खेल खेलिरहेका ती युवकको गर्धनमा अत्यधिक दुखाइका कारण मृत्यु भएको भारतीय मिडियाहरुले जनाएको थियो । 
केही समय अगाडि पब्जीले मानसिक समस्या निम्त्याएको अनुसन्धानबाट पत्ता लागेपछि यसलाई छिटो भन्दा छिटो बन्द गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago