भर्खरै

ललिता निवासको सरकारी जग्गा लिने जुनसुकै ओहोदा र पदमा भएपनि कारर्वाही गछौं : मन्त्री बाँस्कोटा

  • प्रकाशित मिति : Sat-05-Jan-2075
  • - निर्मल श्रेष्ठ
title

काठमाण्डौ,बैशाख ।  सरकारले बालुवाटार स्थित सरकारी स्वामित्वमा रहेको ललिता निवासको जग्गा लिने जुनसुकै ओहोदा र पदमा भएपनि कारर्वाही गर्ने स्पष्ट पारेको छ । 
आज सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा गत वैशाख २ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयबारे जानकारी दिदैं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ललिता निवासको सरकारी जग्गा लिने तथा बिक्रि गर्ने जुनसुकै ओहोदा र पदका व्यक्ति माथि कारबाही हुने बताएका छन् ।
मन्त्री बाँस्कोटाले ललिता निवासको जग्गा बिक्री वितरणमा रोक लगाइएको बताउँदै सरकार आफ्नो स्वामित्वमा रहेको कुनै पनि जमिन सुरक्षा गर्न सक्षम रहेको मन्त्री बाँस्कोटाको भनाइ छ ।
 
फरक प्रसंगमा मन्त्री बाँस्कोटाले द्वन्द्वकालमा जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिने पक्षमा सरकार नरहेको पनि बताउन भयो । संयुक्त राष्ट्र संघले द्वन्द्वकालका न्याय निरुपणका विषयमा प्रश्न उठाउँदै नेपाल सरकारलाई पत्राचार गरेको छ । त्यससम्बन्धमा राखिएको जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटाले नेपालको द्वन्द्वकालका घटनाको न्याय निरुपण गर्न नेपाल आफै सक्षम रहेको पनि बताए । मन्त्री बास्कोटाले द्वन्द्वकालका घटनाको न्याय निरुपणको कामलाई सरकारले अघि बढाएको उल्लेख गर्दै त्यो समस्या छिट्टै समाधान हुने पनि बताए ।

प्रतिक्रिया