भर्खरै

हाम्रो जुनसुकै केबुलहरुमा मिटर प्रिन्ट गर्दै आईरहेका छौं

  • प्रकाशित मिति : Fri-11-Jan-2075
  • - राघवेन्द्र कुमार ठाकुर,मार्केटिङ्,म्यानेजर,जानकी केबुल इण्डष्ट्रिज
title

नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको जानकी केबुलले विगत ५ वर्षदेखि निरन्तर रुपमा गुणस्तरीय केबुलहरुको उत्पादन गर्दै आईरहेको छ । कम्पनीले शुरुवाती चरणदेखि नै गुणस्तरीय हाउस वायरि· केबुलहरु उत्पादन गरेकै कारण उपभोक्ताहरुको पहिलो रोजाईमा पर्न सफल भएको हो । जानकी केबुलको बजार अवस्था,कम्पनीको भावी योजना,कम्पनीबाट उत्पादन भएको प्रोडक्टहरुको गुणस्तर लगायतको सन्र्दभमा रहेर जानकी केबुल इण्डष्ट्जि प्रा.लि का मार्केटिङ् म्यानेजर  रागवेन्द्र कुमार ठाकुर स“ग विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको केही अंश ः 

 
सर्वप्रथम त जानकी केबुल इण्डष्ट्रिज प्रा.लि बारे संक्षिप्त परिचय बताईदिनुहोस् न । 

जानकी केबुल इण्डष्ट्रिज प्रा.लि वि.स २०६९ सालमा स्थापना भएको हो । यस प्रा.लि ले स्थापनाकालको शुरुवाती चरण देखि नै यस इण्डष्ट्रिजले गुणस्तरयुक्त हाउस वायरिङ्ग केबुलहरुको उत्पादन गरेर पूर्व मेची देखि पश्चिम महाकाली सम्मको नेपाली बजारमा पु¥याउँदै आईरहेको छ । हालसालै हामीले दुई वटा केबुल राइज वायर र होमगार्ड वायर एण्ड केबुलको लन्च गरेका छौं । 
 
यस कम्पनीले कस्ता–कस्ता किसिमको प्रोडक्टहरु उत्पादन गरी नेपाली बजारमा ल्याईरहेको छ ?

हाम्रो कम्पनीले उत्पादन गरेको प्रोडक्टमा सर्वप्रथम गुणस्तरीय पावर केबुल रहेको छ । पावर केबुलमा पिभिसि एक्सेल पिईइ केबुलहरुको उत्पादन गरी नेपाली बजारमा ल्याईरहेका छौं । त्यसपश्चात आरर्मड अनार्मड केबुल कपर र आल्मुनियम दुवैमा उत्पादन गरेका छौं । एसीएसार्ड,एबिसी केबुल,स्टे वायर,टेली कम्युनिकेशन केबुल रहेको छ त्यसपछि मल्टिस्ट्रयाण्ड केबुलमा ँच्ीक्, बार कपर वायर, कन्ट्रोल केबुल ल्याक्सिवल केबुल अटो केबुल लगायतका केबुलहरु हामीले उत्पादन गर्दै आईरहेका छौं भने कन्सेन्ट्रिक केबुलहरुमा ५ एम.एम देखि २५ एम.एम सम्मको रेञ्जमा उत्पादन भईरहेको छ । सम्भवत् नेपाली बजारमा आवश्यक हुने सबै केबुलहरु उत्पादन गरी ग्राहक सम्म पु¥याउने हाम्रो लक्ष्य रहेको छ । 
 
यहाँहरुले जानकी केबुलको ब्राण्ड सुपरिचित बनाईरहेको अवस्थामा फेरि नयाँ प्रोडक्टका साथ बजारमा आउँदै हुनुहुन्छ भन्ने सुनिन्छ , यो कति सत्यता हो ?
 
 यो कुरा सतप्रतिशत सत्य हो । राइज वायर र ओमगार्ड वायर एण्ड केबुलको साथ हामी बजारमा आउँदै छौं । हामीले यी दुई वटा ब्राण्डमा एन.एस र आईएसओ दुवैमा प्रमाणपत्र लिईसकेका छौं । 
 
जानकी केबुलको ब्राण्ड यति सुपरिचित हुँदा हुँदै नयाँ ब्राण्डका साथ बजारमा आउनुको मुख्य कारण के हो ? यस बारेमा बताईदिनुहोस् न ।

हामीलाई एउटा ब्राण्डबाट मात्र मार्केटिङ्ग गर्न कतै कतै अलि असहज भएकोले हामीले नयाँ ब्राण्ड ल्याएका हौं । बजारमा प्रतिस्पर्धा गर्नका लागि दुई वटा ब्राण्ड हामीले थप गरेका छौं । एकमात्र ब्राण्ड हुँदा एउटै बजारमा पाँच सात वटा पार्टी हाल्दा आ–आफुमा नै जुध्ने अवस्था सिर्जना भयो । एउटै बजारमा हामीलाई विकल्प चाहिएको थियो त्यसैले विकल्पको रुपमा बजारमा सबैलाई समान सहभागिता र 
बराबरी हिस्सेदारी दिन हामीले यी दुईवटा ब्राण्ड थप गरेका छौं । 
 
नेपाल हाउस वायरि· केबुल आत्मनिर्भर भईसकेको अवस्था छ, केही समय अगाडिमात्र नेपाल गुणस्तर विभागले प्रतिबन्ध लगाएर मल्टिस्ट्रयाण्ड केबुलमात्र उत्पादन हुने गरेको छ, यो हाउस वायरि· केबुलहरुमा मल्टिस्ट्रयाण्ड र रिजिट केबुलहरुमा के भिन्नता छ ?

हाउस वायरिङ्ग केबुल र मल्टिस्ट्रयाण्ड केबुलमा पहिले मल्टिस्ट्रयाण्ड केबुलको कुनै गुणस्तर नै थिएन । मैले बुझेअनुसार विश्वको १९४ वटा देशहरु मध्ये नेपाल र अफ्रिकामा मात्रै हाउस वायरिङ्ग केबुल प्रयोग भएको पाइन्छ । बाँकी अन्य देशहरुमा मल्टिस्ट्रयाण्ड केबुलको मात्र प्रयोग भएको पाइन्छ । तर विगत केही समय पहिले देखि नेपालमा पनि मल्टिस्ट्रयाण्डको प्रयोग हुने चर्चा भएको थियो । हाल नेपालमा पनि 
मल्टिस्ट्रयाण्डको मापदण्ड आईसकेको छ । हाउस वायरमा कन्डक्टर क्वान्टिटी थोरै हुन्छ त्यसैले प्रयोग गर्दै जाँदा एकपटक प्रयोग भएको केबुल पेच टाइट गर्दा अर्को पटक प्रयोग गर्दा तारलाई टुक्राएर फाल्नुपर्ने अवस्था आउँछ । तर मल्टिस्ट्रयाण्ड केबुलमा यस्तो अवस्था आउँदैन । 
मल्टिस्ट्रयाण्डले बिजुली खपतलाई केही हद सम्म बचतको स्थिती सम्म ल्याउँछ । ३÷२२ जस्ता अन्य तारहरुमा ३ वटा तार हुने भएकोले ल्याक्चुयसन समस्या बढी हुने गर्दछ भने मल्टिस्ट्रयाण्ड केबुलमा ल्याक्चुयसन समस्या अति नै कम हुने गर्दछ । तसर्थ हामीले नयाँ प्रविधिबाट उत्पादन गरेर बजारमा बिक्रि गर्ने गरेका छौं ।  
 
इलेक्ट्रिसियनहरुलाई मल्टिस्ट्रयाण्ड केबुल मात्र प्रयोग गर्न जानकी केबुलको तर्फबाट कस्तो–कस्तो सुझावहरु दिदंै आईरहनु भएको छ ? मल्टिस्ट्रयाण्ड केबुल राम्रो र भरपर्दो केबुल हो भन्ने आधारहरु के–के छन् त ?

हामीले समय समयमा ठाउँ ठाउँमा इलेक्ट्रिसियनहरुलाई भेला गराएर मल्टिस्ट्रयाण्ड केबुलको फाइदाहरुबारे जानकारी दिदैं आएका छौ । मल्टिस्ट्रयाण्ड र हाउस वायरिङ्ग केबुलकोे करेण्ट क्यापासिटी र फाइदा दुवै तुलना गरेर पनि इलेक्ट्रिसियनहरुलाई मल्टिस्ट्रयाण्ड केबुल प्रयोग गर्न आग्रह गर्दै आईरहेका छौं । हामीले ३÷२२ को हाउस वायरिङ्ग केबुल प्रयोग गर्ने ठाँउमा १ एमएमको मल्टिस्ट्रयाण्ड ,३÷२० को ठाँउमा  १.५ एमएमको मल्टिस्ट्रयाण्ड , ७÷२२ को ठाँउमा २.५ एमएमको मल्टिस्ट्रयाण्ड,७÷२० को ठाँउमा ४ एमएमको मल्टिस्ट्रयाण्ड, ७÷१८ को ठाँउमा ६ एमएमको मल्टिस्ट्रयाण्ड प्रयोग गराएका छौंं भने १÷१८ अर्थिङ्ग वायरको ठाँउमा ०.७५ एमएमको मल्टिस्ट्रयाण्ड प्रयोग गर्न सुझाव दिईरहेका छौं । 
 
जानकी केबुलबाट उत्पादित प्रोडक्टहरु गुणस्तर विभागले दिएको निर्देशन तथा मापदण्ड अनुसार नै छ भन्ने आधारहरु के छ ?

विभागको पटक पटक सर्वेक्षण पश्चात हामीलाई विभागले प्रमाणपत्र प्रदान गरेको छ,यो नै हाम्रो लागि सबै भन्दा ठुलो प्रमाण हो । बजारमा आउनका लागि कुनै सामानमा भिन्नता गरेर बजारमा आए त्यो क्षणिक समयका लागि मात्र हुने भएकोले हामीले एनएस लाई विपरित दृष्टिकोणबाट नलिई सहयोगी मानेर विभागले दिएको मापदण्ड अनुसार उत्पादन गर्दै हाम्रो जुनसुकै प्रोडक्टहरुमा मिटर प्रिन्ट गर्दै आईरहेका छौं । विभागले यो प्रक्रिया अनिवार्य नगरे तापनि हामीले विगत २ वर्ष देखि सबै केबुलहरुमा मिटर प्रिन्ट ल्याएका छौं । हाम्रो केबुलमा १ देखि ९० मिटर सम्म प्रत्येक मिटरमा मिटर प्रिन्ट हुन्छ । 
 
यस कम्पनीबाट उत्पादित प्रोडक्टहरु नेपालभर कति ठाँउबाट बिक्रि वितरण हुने गर्दछ ?

ाम्रो कम्पनीबाट उत्पादन हुने प्रोडक्टहरु सिधै कम्पनीबाट डेलिभरी दिने गर्दछौं । नेपालभर करिब २१० वटा भन्दा बढी स्थानबाट हाम्रो प्रोडक्ट बिक्रि वितरण हुने गर्दछ । पूर्व इलाम देखि पश्चिम महेन्द्रनगर, काठमाण्डौंं, कास्की, पोखरा, गोरखा, डडेलधुरा, ओखलढुङ्गा, बेलटार लगायत देशभरबाट बिक्रि वितरण भईरहेको छ । नेपाल लगभग सम्पूर्ण शहरमा हाम्रो प्रोडक्टहरु पुगेको छ । 
 
जानकी केबुलको भावी योजनाहरु के कस्ता रहेका छन् ? प्रतिस्पर्धी बजारमा कसरी सहजीकरण गर्ने योजनामा हुनुहुन्छ ? यस बारे बताईदिनुहोस् न । 

हाम्रो कम्पनीको पहिलो योजना भनेको नेपालको हरेक कुना कुना सम्म हाम्रो प्रोडक्ट पु¥याउने हो । यसका लागि हामी लागि परिरहेका छौं । हामीले पहिले पावर केबुलहरु उत्पादन गरिदैन थियो तर अहिले उत्पादन भईरहेको छ । त्यस्तै नेपालमा प्रयोग हुने पावर केबुल ,कन्ट्रोल केबुल, एबीसी केबुल लगायत नेपालमा प्रयोग हुने हरेक केबुलहरु उत्पादन गरेर नेपालभरका ग्राहक तथा सेवाग्राहीहरु समक्ष पु¥याउने हाम्रो उद्धेश्य रहेको छ । आगामी दिनमा हामी उपभोक्ता हरुको सुरक्षाका लागि ठाँउ ठाँउमा जनचेतनामुलक कार्यक्रमहरु बढी मात्रामा सञ्चालन गर्ने योजना छ ।
 
तार उत्पादक कम्पनी नीमाले तपाईहरु जस्तो व्यवसायीहरुका लागि कस्तो किसिमको सहयोगको भूमिका निर्वाह गर्दै आईरहेको छ ? नीमाले गर्दै आइरहेको कामप्रति सन्तुष्ट हुनुहुन्छ ?

नीमा एउटा सबै साझा संगठन हो । नीमाले व्यक्तिगत हितको लागि नभई संगठनात्मक हितको लागि काम गरिरहेको छ । नीमाले उत्पादक कम्पनी देखि उपभोग गर्ने उपभोक्ता सम्मको आर्थिक,सामाजिक र सुरक्षाको स्थित हेरेर कुनैपनि कुरा निर्धारण गरिरहेको हुन्छ । त्यसैले नीमाको कामप्रति हामी सन्तुष्ट नै छौं । नेपाल एउटा सानो बजार हो । सानो बजार रहेकै कारण नीमाले कि नेपाली उत्पादनबाट विदेश तर्फ सामान सप्लाई खोल्नुपथ्र्यो, कि बाह्य देशबाट जतिपनि केबुलहरु आयात भईरहेको छ ती तारहरुलाई फुल स्टक लगाईदिनु पर्छ । नेपालमा हाल २७ वटा कम्पनीहरुबाट तार उत्पादन भईरहेको छ । यी कम्पनीले उत्पादन गरेको तारले बजार माग पुरा गर्न नसकेको खण्डमा मात्र आयात गर्ने वातावरण बनाउन नीमाले आवश्यक भूमिका खेल्नुपर्दछ । 
 
तपाईहरु जस्तो उद्योगी व्यापारीहरुको लागि सरकारले के गरिदिए हुने थियो भन्ने लाग्छ ,कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?

हामी जस्तो उद्योगी व्यापारीहरुले सरकारको तर्फबाट दई वटा कुराको अपेक्षा गरेका हुन्छौं । पहिलो बैंक ब्याजदर सस्तो र अर्को ड्युटी चार्जरमा अझैं केही गर्न पाए हुन्थ्यो । महिनै पिच्छे बढ्ने बैंंकको ब्याजदरलाई कम बनाएर स्थायीत्व तथा स्थिर गरिदिए हामी जस्ता उद्योगीहरुलाई ठूलो राहत मिल्छ । उद्योगी भनेर नामाकरण भईसकेपछि नामाकरणको आधारमा नै बैंक ब्याजदरलाई राज्यले एउटा स्थायी मापदण्ड बनाईदिए प्रभावकारी हुने थियो ।   
 
जानकी केबुलले प्रचारप्रसारको अभियानमा इलेक्ट्रिसियनहरुमा हुन सक्ने गम्भीर दुर्घटनाप्रति कस्तो किसिमको भूमिका खेल्न सक्दछ ? यस बारे प्रष्ट पारिदिनुहोस् न । 

हाम्रो कम्पनीले इलेक्ट्रिसियनहरु सँग हातेमालो गरेर हिड्ने प्रतिबद्धता लिएको छ । हामी धेरै ठूला व्यापारी नभएतापनि हामीबाट हुन सक्ने हरेक किसिमको सहयोगहरु गर्दै आईरहेका छौं । 
 
अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?

 हाम्रो कम्पनीले यहि महिनादेखि तारका सम्पूर्ण रेञ्जहरुका साथ आएका छौं । हामीले ग्राहकहरुलाई  सेवा जुन तरिका बाट दिईरहेका छौं त्यहि तरिकाबाट ग्राहक सामु पु¥याउन प्रयत्न गर्दछौं । हाम्रो सेवामा केही कमी कमजोरी छ भने त्यसलाई सुधार गरेर अघि बढ्दै जानेछौ । त्यस्तै सम्पूर्ण उपभोक्ताहरुलाई केबुल प्रयोग गर्दा एनएस प्राप्त गुणस्तरीय केबुल मात्र प्रयोग गर्न आग्रह गर्दछु । 

प्रतिक्रिया