नेशनल हाइड्रोपावरको साधारणसभा हुँदै

  • प्रकाशित मिति : Fri-11-Jan-2075
  • - Admin
title

काठमाण्डौ, बैशाख । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आगामी बैशाख २७ गते हुने भएको छ । कम्पनीको गत ३ गते बसेको सञ्चालक समितिको बैठकले २२ औ साधारण सभाको मिति तय गरेको हो । 
साधारणसभामा आर्थिक वर्ष २०७४ र ७५ को वासलात, नाफा नोक्सान र नगदप्रवाह वितरण लगायतका विविध विषयमा छलफल गरी पारित गर्ने कार्य सूची छ । साधारण सभाले चालुवर्षको लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने छ । कम्पनीले अहिले भोजपुरमा १४ मेगावाटको इरखुवा जलविद्युत आयोजना निर्माण गरीरहेको छ । यसैगरी, कास्कीमा १२ मेगावाटको मादीखोला जलविद्युत 
आयोजनाको काम पनि अघि बढाएको छ । 

प्रतिक्रिया