ग्रीनलाइफ हाइड्रोपावरले साधरण शेयर निष्काशन गर्दैै
- प्रकाशित मिति : Fri-18-Jan-2075
- - Admin

काठमाण्डौ, बैशाख । ग्रीनलाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले साधरण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माणधीन ४० मेगावाट क्षमताको खानीखोला–१ जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्ने भएको हो । कम्पनीले सय रुपैयाँमा अंकित ३४ करोड ९६ लाख ४० हजार मूल्य बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता शेयर निष्कासन गर्ने तयारी छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पछि शेयर निष्कासन तथा बाँडफाँड प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ । कम्पनीले शेयर निष्कासन गरी बाँडफाँड गर्न बीओके क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको शेयर निष्कासन गरी बाँडफाँड गरीसकेको छ । कम्पनीले दोलखामा निर्माण गरेको आयोजना अन्तिम चरणमा पुगेको छ ।