भर्खरै

म्याग्दीका अन्तरजातीय विवाह गरेका १५ दम्पती सम्मानित

  • प्रकाशित मिति : Fri-22-Feb-2075
  • - Admin
title
बेनी,  जेठ । म्याग्दीमा अन्तरजातीय विवाह गरेका १५ दम्पतीलाई मङ्गलबार सम्मान गरियो । चौधौँ छुवाछूतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा जिल्लास्थित संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले बेनीमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सो सम्मान गरेको हो ।
 
उक्त समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिाकाका उपप्रमुख  सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, समितिका संयोजक बलबहादुर विश्वकर्मालगायतले अन्तरजातीय विवाह गरेका दम्पतीलाई अभिनन्दन  गर्नुभएको थियो ।
 
जातीय विभेद हटाउन अन्तरजातीय विवाहले सकरात्मक भूमिका निर्वाह गर्ने भएकाले उनीहरुको हौसलाका लागि सम्मान गरिएको सङ्घर्ष समितिका संयोजक विश्वकर्माले जानकारी दिनुभयो । जिसस प्रमुख केसीले छुवाछूतलाई कानूनी रूपमा हटाइए  पनि व्यवहारिक कार्यान्वयनका भने लागि सरोकारवालाले समाजमा जनचेतना फैलाउन आवश्यक रहेकामा जोड दिनुभयो ।कार्यक्रममा पूर्व सभासद एवं नेकपा म्याग्दीका जिल्ला अध्यक्ष गोविन्द पौडेल, प्रजिअ अधिकारी, नेपाली काङ्ग्रेस म्याग्दीका सचिव मीनबहादुर कार्कीलगायतले जातीय विभेद सामाजिक अपराध हुने भएकाले दोषीमाथि कानूनबमोजिम कारवाही हुनेमा जोड दिनुभएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago