भर्खरै

“हामीले बिक्रि गर्दै आएका सबै ब्राण्ड आईएसआई सर्टिफाई छ”

  • प्रकाशित मिति : Sat-04-Jan-2076
  • - हर्ष अग्रवाल ,प्रोपाइटर, सत्यसाही इलेक्ट्रिकल्स सप्लार्यस
title

विगत  २५ वर्ष देखि नेपाली विद्युतीय बजारमा गुणस्तरयुक्त विद्युतीय सामग्रीहरु बिक्रि वितरण गर्दै आएको सत्यसाही इलेक्ट्रिकल्स सप्लार्यस विद्युतीय बजारमा सप्लार्यस प्रचलित हो । यस सप्लार्यस मार्फत भारतीय बजारका आईएसआई सर्टिफाई उत्कृष्ट कम्पनीका प्रोडक्टहरु बिक्रि वितरण हँदै आएको छ । यसै बीच यस सत्यसाहि इलेक्ट्रिकल्स सप्लार्यसले विगत देखि वर्तमान सम्म कस्ता प्रोडक्टहरु बिक्रि गर्दै आएको छ, नेपाली विद्युतीय बजारको अवस्था कस्तो रहेको छ, भावी योजनाहरु के रहेका छन्,सरकारबाट हाल सम्म के–कस्तो सहयोग भईरहेको र आगामी दिनमा कस्तो सहयोगको अपेक्षा रहेको छ , इत्यादि विषयमा सत्यसाही इलेक्ट्रिकल्स सप्लार्यसका प्रोपाइटर हर्ष अग्रवाल सँग विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :    

सत्यसाही इलेक्ट्रिकल्स सप्लार्यस का बारेमा बताईदिनु होस् न । 
सत्यसाहि इलेक्ट्रिकल्स विगत १५ वर्ष भन्दा अघि स्थापना भएको हो । सुरुमा कामख्य इलेक्ट्रिकल्स हँुदै सत्यसाही इलेक्ट्रिकल्सको स्थापना भएको हो । कामख्य इलेक्ट्रिकल्सको सुरुवातमा नै हामीले सीमा ब्राण्डका हाउस वायरिङका  सामग्रीहरु बिक्रि वितरण गर्दै आएका थियौ । हाउस वायरिङका लागि अहिले हामी सँग सीमा ब्राण्ड डिभि बक्स, एमसीबी लगायत आवश्यक सबै रेन्जहरु उपलब्ध छ । त्यस्तै हामीले सीमा, अवतार, ओम्याक्स, म्याक्स, ओप्सन र  सिपिएल ब्राण्डका सामग्रीहरु नेपाली बजारमा ल्याएका छौ । बजारमा हामीले ल्याएका प्रोडक्टहरु गुणस्तरयुक्त छन् हामीले  बिक्रि वितरण गर्दै आएका प्रोडक्टहरुप्रति उपभोक्ताहरु विश्वास्त छन् । कम्पनीको स्थापना देखि नै हामीले गुणस्तरलाई ध्यान दिदै गुणस्तरयुक्त सामग्रीहरु मात्र आयात तथा बिक्रि वितरण गर्दै आएका छौ । हाम्रो कम्पनीको प्रमुख उद्धेश्य नै उपभोक्तालाई गुणस्तरयुक्त सामग्रीहरु उपलब्ध गराउनु हो । 

यस कम्पनी मार्फत बिक्रि विरतण हुँदै आएका ब्राण्ड अन्र्तगत कुन–कुन सामग्रीहरु उपलब्ध छन् ?
 हामीले विशेष गरी सीमा, अवतार, ओम्याक्स, म्याक्स, ओप्सन र  सिपिएल गरी ६ वटा ब्राण्ड नेपाली बजारमा ल्याएका छौ । हामीले बिक्रि गर्दै आएका ब्राण्ड मध्ये सीमा सबै भन्दा पूरानो ब्राण्ड हो । सीमा ब्राण्ड बाट नै हामी बजारमा परिचित छौ । सीमाका डिस्ट्रिव्युसन बक्स , डिवी बक्स, एमसीबी, चेन्जर ओवर, सब–मिटर मेनस्वीच रहेका छन् । त्यस्तै म्याक्स ब्राण्ड अन्र्तगत एक्स्टेन्सन कर्ड, पावर स्ट्रिप, मल्टिप्लग, होल्डर रहेका छन् त्यस्तै  अवतार ब्राण्डका  मोडुलर स्वीच , एफ डि स्वीच सकेट, थ्रि पिन टप्स, व्याटन होल्डर, पिरेन्ड होल्डर, फल्सटाइप स्वीच देखि स्वीच सकेट रेन्जहरु रहेका छन् । त्यस्तै ओप्सन ब्राण्ड अन्र्तगत इलेक्ट्रिक गिजर, ग्यास गिजर,  स्ट्याण्ड गिजर , सिलिङ फ्यान, टेवल फ्यान, हिट कन्डक्टर, इमोसन रड, आइरन लगायतका  सम्पूर्ण होम अप्लाइन्सेसहरु रहेका छन् ।  ओम्याक्स ब्राण्ड अन्र्तगत हामीसँग एक्जस्ट फ्यानहरु रहेका छन् ।  ६ इन्च देखि १८ इन्च सम्मका फ्यानहरु रहेका छन् । सीपिएल ब्राण्ड अन्र्तगत स्वीच एसेसेरीजहरु रहेका छन् । 

यस कम्पनीले ल्याएका  विभिन्न ब्राण्डका सामग्री मध्ये कुन ब्राण्डका सामग्रीहरु उपभोक्ताले रुचाउँदै आएको पाइन्छ ?
हामीले  बजारमा ल्याएका हरेक ब्राण्डका सामग्रीहरु गुणस्तरयुक्त छन् । कम्पनीको स्थापनाकाल देखि नै हामीले गुणस्तरलाई प्राथमिकता दिदंै गुणस्तरयुक्त सामग्रीहरु बिक्रि वितरण गर्दै आएका छौ । हामीले बजारमा ल्याएका ब्राण्डहरुप्रति उपभोक्ता खुसी छन् । 
 
कम्पनीले ल्याएका ब्राण्डहरु उपभोक्ताले ढुक्क भएर प्रयोग गर्ने मूख्य आधारहरु केके रहेका छन् ?
हामीले बजारमा ल्याएका ब्राण्डहरु उपभोक्ताले ढुक्क भएर प्रयोग गर्ने मूख्य आधार भनेको सामग्रीहरुको गुणस्तर नै हो । उपभोक्तालाई हामीले गुणस्तरयुक्त सामग्री प्रदान गर्दै आएका छौ र हाम्रा सामग्रीहरु उपभोक्ताले ढुक्कसँग प्रयोग गर्दै आएका छन् । त्यस्तै हामीले बजारमा ल्याएका जति पनि ब्राण्डहरु छन् ती ब्राण्डहरु लामो समय देखि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारमा प्रतिष्ठित छन् । 

संघीय सरकार आएपछि विद्युतीय व्यवसायीहरुलाई के कस्तो सहयोग पुग्दै आएको छ ?
बजारमा अहिले हरेक व्यवसायमा प्रतिस्पर्धा बढ्दै गएको छ । विद्युतीय व्यवसायमा पनि प्रतिस्पर्धा उत्तिकै रहेको छ । संघीय सरकार आए पनि विद्युतीय व्यवसायीहरुको अवस्था भने उस्तै नै रहेको छ । व्यवसायीहरुले व्यवसाय सुरु गर्नु अघि बैंकबाट लिएको ऋणको ब्याजमा पनि समस्या हुने गरेको छ । त्यस्तै भन्सारमा पनि उस्तै समस्या रहेको छ । दिन प्रतिदिन भन्सार मूल्यमा वृद्धि हुँदै गएको छ । भन्सारमा हुने मूल्य वृद्धिले व्यवसायीलाई नभई उपभोक्तालाई नै समस्यामा पार्ने गर्दछ । त्यस्तै  हरेक वर्ष नेपालीहरुको जिडिपी पनि घट्दै गएको छ  । जिडिपी घट्नु देशलाई नै घाटाको विषय हो । यसमा सरकारले विशेष ध्यान दिन जरुरी छ । हामी जस्ता व्यवसायीहरुलाई सरकारले आवश्यक सहयोग गरे देशको अर्थतन्त्रमा पनि सहयोग पुग्छ जस्तो मलाई लाग्छ । 
 
व्यवसायीहरुको हक हितका लागि स्थापना भएका महासंघ तथा जिल्ला संघहरुले व्यावसायिक हितका लागि के–के कार्य गर्दै आएका छन् ?
व्यवसायीहरुको हक हितका लागि स्थापना भएका महासंघ तथा जिल्ला संघहरुले आ– आफ्नो तर्फबाट गर्नुपर्ने आवश्यक कामहरु गर्दै आएको छ । हाल नेपालमा लोडसेडिङ्ग अन्त्य भए पश्चात विद्युतीय सामग्रीहरुको व्यवसाय बढ्दै गएको छ  यद्यपि पछिल्लो समयमा हरेक सामग्रीको कर बढ्दै गएको छ । सरकारले बढाएको कर अनुरुप नै हामीले केही प्रतिशत नाफा राखेर उपभोक्तालाई सामग्री  बिक्रि गर्ने हो, यसो हुँदा उपभोक्ताहरु  भने महंगो मूल्यको मारमा पर्ने गरेका छन् ।  यसका लागि महासंघ तथा संघहरुले आवश्यक पहल गर्नु आवश्यक छ । 
 
गुणस्तरीय सामग्री बिक्रि वितरणमा यहाँको कम्पनीको कस्तो भूमिका रहन्छ ?
हामीले जति पनि ब्राण्डका सामग्रीहरु नेपाली बजारमा भित्राएका छौ, ती सबै सामग्रीहरु आईएस आई सर्टिफाई छन् । हामीले हाम्रो कम्पनीको स्थापना देखि नै आईएस आई सर्टिफाई गुणस्तरयुक्त सामग्रीहरु मात्र बिक्रि वितरण गर्दै आएका छौ । हामीले बिक्रि गर्दै आएका सबै ब्राण्डको आईएस आई सर्टिफाई प्रमाण समेत हामी सँग रहेको छ । यसर्थ नेपाली बजारमा गुणस्तरीय सामग्री बिक्रि वितरणमा हाम्रो कम्पनीको पनि सहयोगी भूमिका छ । नेपाली बजारमा आएका सबै सामग्रीहरु गुणस्तरयुक्त हुनुपर्छ , यसका लागि सरकारले बजारको नियमित अनुगमन गर्न जरुरी छ । 

व्यवसायीहरुमा अन्डरविलिङ र भन्सार दरमा समस्या छ भन्ने सुनिन्छ , यसको अन्त्यका लागि के गर्नुपर्ला ? 
बजारमा अन्डरविलिङको समस्या निकै नै रहेको छ भने भन्सारमा पनि भन्सार दरमा अनियमितता रहेको छ । बजारमा भएका यी दुवै समस्याको समाधानका लागि सरकारले निश्चित नियम तथा मापदण्ड निर्धारण गर्नुपर्दछ । जब सम्म सरकारले निश्चित नियम तथा मापदण्ड निर्धारण गरी स्थायी रुपमा कार्यान्वयनमा ल्याउन सक्दैन तब सम्म उपभोक्ता व्यवसायी सबैलाई समस्या पर्दछ । 

तपाई जस्ता व्यवसायीहरुलाई सरकारले के कस्तो सहयोग गर्नुपर्ला ?
नेपालमा स्थायी सरकार र स्थायी नियम लागु हुनु आवश्यक छ । व्यवसायीहरुले व्यापार तथा व्यवसाय गर्न उचित वातावरणको प्रबन्ध हुनु पर्दछ ।
 
विद्युतीय व्यवसायी बजारमा अस्वस्थ प्रतिस्पर्धां छ भन्ने सुनिन्छ, यसमा तपाई के भन्नु हुन्छ ?
बजारमा चलेका ब्राण्डेड सामग्रीहरुको डुब्लिकेट सामग्री भित्राउने तथा व्यवसाय बीच अस्वस्थ प्रतिस्पर्धा रहेको छ । सरकारले बजारको अनुगमनलाई प्राथमिकता दिने हो भने  डुब्लिकेट सामग्री भित्राउने तथा अस्वस्थ प्रतिस्पर्धा अन्त्य हुने देखिन्छ । त्यस्तै उपभोक्ताले पनि सामग्री किन्दा सचेत हुन जरुरी छ । 
 
यस कम्पनीको भावी योजना बारे बताईदिनुहोस् न । 
हामीले बजारमा ल्याएका जति पनि ब्राण्डहरु छन् ती ब्राण्डका सामग्रीहरुलाई व्यवस्थित ढंगबाट विस्तार गर्दै लैजाने मेरो मूख्य योजना रहेको छ । त्यस्तै सरकारले विद्युतीय व्यवसायी क्षेत्रमा स्थायी नियम ल्याएको खण्डमा अझै अन्य ब्राण्डहरु थप गर्ने योजनामा छौ । 

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?
नेपालमा कुनै पनि व्यवसाय गर्न उचित तथा स्थायी नियम लागु  हुनु पर्दछ । कुनै पनि सामग्री बिक्रि गर्दा व्यवसायी र उपभोक्ता बीच सहज वातावरण हुनु पर्छ । त्यस्तै उपभोक्तामा  पनि कुन सामग्री गुणस्तरयुक्त छ, छैन सो विषयमा आवश्यक जानकारी हुनु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 19 hours ago