भर्खरै

उपराष्ट्रपतिद्धारा रसुवागढी आयोजनाको निरीक्षण

  • प्रकाशित मिति : Sat-04-Jan-2076
  • - विद्युत संसार साप्ताहिक
title

रसुवा, बैशाख ।  उपराष्ट्रपति नन्दबहादुर पुनले रसुवामा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेका छन् । उपराष्ट्रपति पुनले  जनताको जलविद्युत कार्यक्रम अन्र्तगत रहेको उक्त जलविद्युत  आयोजनाको निरीक्षण सोमबार गरेका हुन् ।  रसुवागढी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको भौतिक प्रगति तथा आयोजनाको अवस्थाका बारेमा  निरीक्षण गरेका थिए । आयोजना निरीक्षणको क्रममा उपराष्ट्रपति पुनले तोकिएको समयमा नै आयोजनाको काम सम्पन्न गर्न आयोजनाका प्रमुख तथा पदाधिकारीलाई आग्रह समेत गरेका थिए । गोसाइँकुण्ड गाउँपालिका– १ र २ मा निर्माणाधिन उक्त आयोजनाको हाल ७० प्रतिशत भौतिक प्रगति भएको छ ।  
 
आयोजनाको अवस्था र प्रगतिका बारेमा उप राष्ट्रपति पुनलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र रसुवागढी आयोजनाका निमित्त कार्यकारी प्रमुख छवि गैरेले जानकारी दिएका थिए । उपराष्ट्रपतिका साथ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का जिल्ला अध्यक्ष कर्णेल तामाङले लगायत स्थानीय नेता तथा कार्यकर्ता सहभागी रहेको थियो । 

प्रतिक्रिया