भर्खरै

यो सरकार विकास गर्न आएको हो,गफ दिन होईन : प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : Wed-08-Jan-2076
  • - विद्युत संसार संवाददाता
title
कावासोति, बैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार विकास गर्न आएको हो , गफ दिन होईन भन्दै अबको ३ वर्ष भित्र देशका सबै घरमा बिजुली बत्ती बल्ने बताएका छन् । शनिबार नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नम्बर ३ मा १८९ विगाह जग्गामा बन्न लागेको एकिकृत सरकारी कार्यालयको शिलान्यास समारोहलाई संबोधन गर्दै देशका हरेक कुना कुनाका दुर्गम स्थानहरुमा समेत तीन वर्ष भित्र बिजुली पुगिसक्ने बताएका हुन् । 
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले “ तीन वर्ष भित्र हरेक घरमा बिजुली पु¥याउन सोही अनुसार काम भइरहेको छ,त्यसैले प्रदेश र स्थानीय सरकारले सोही अनुसार काम गर्नु । दुई तिहाईको सरकार बनिसकेपछि देशले धेरै प्रगति गरिसकेको भन्दै देश विकासको गतिमा अघि बढिसक्यो , अब पछाडी फर्कदैन ।” ओलीले भने,“देशमा विकासका कामहरु निरन्तर रुपमा भईरहेको छ , देशको प्रगति भईरहेको छ ।
हावाबाट बिजुली निकाल्ने,नारायणीमा पानी जहाज चलाउने , पुर्व पश्चिम रेल कुदाउने जस्ता आफ्ना योजनाहरुलाई कतिपयले मजाकमा उडाएको भन्दै ओलीले ति सबै काम अब केहि समयमानै पुरा हुने विश्वास व्यक्त गरे । ओलीले भने “ विकास गरेर देखाएर सरकारले विरोधीहरुको जवाफ दिनेछ । ”
नवलपुरको धौवादिमा रहेको फलाम खानी तत्काल संचालनमा ल्याउने तयारी भईरहेको बताउँदै यो खानी संचालनमा आएपछि देशको अर्थतन्त्रमा ठुलो सहयोग पुग्ने बताए । प्रधानमन्त्रीले आफ्नो योजनाहरु कार्यक्रममा सुनाउँदै दाउन्नेमा केहि समयपछि सुरुङ मार्ग बन्ने , देशका विभिन्न स्थानमा हामी खनिजजन्य पदार्थहरु खोजी गरिरहेको बताए ।,“खेती योग्य जमिनको उपयोग गरिनेछ , जनताको स्वास्थ्य प्राथमिकतामा राखेर अभियानहरु संचालन हुनेछन् , उपचार नपाएर कोहि मर्न पर्ने दिन नआउने प्रधानमन्त्री ओलीको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago