भर्खरै

विद्युतमा लगानी ,निम्न वर्ग र सरकारी गन्तव्य

  • प्रकाशित मिति : Sat-11-Jan-2076
  • - राम प्रसाद पौडेल
title
 
नेपाल र नेपालीको हितमा नेपालको विद्युत लाई ल्याउन सके भूतमा गर्न नसकेको कार्यको शुभारम्भ वर्तमानमा गरी हरेक नेपालीको जीवन स्तर उठाउन भावी कार्यदिशा कोर्न कुनै पनि आधी बेहरी ,तुफान र अदृश्य शक्तिको सामु कुलमान घिसिङ झुक्ने छैनन् भन्नेमा आम जनता को विस्वास रहँदै आएको छ । इतिहासका हरेक कर्म लाई मुल्यांकन गर्ने हो भने कुलमान आम जनताको आस्थाको केन्द्र बनेको कुरामा कुनै  दुईमत छैन । बजारमा उनको विरुद्ध आएका सवालहरुमा राज्यको अवधारणा पनि आउनु पर्दछ ।
सरकार र जनताको लगानीमैत्री अवधारणा मुलुकको गाउँ बस्ती सम्म पु¥याउन सक्नुपर्छ । विद्युतमा आम नागरिकको पहुँच स्थापना राज्यले गर्न सक्छ कि सक्दैन ? सक्नु पर्ने कुरामा आम नागरिक सरकारको सूचनाको प्रतिक्षामा रहेका छन । 
हिमाल मुनिको जलमा मधेशका नेपालीको र मधेसको जमिनमा पहाडको नागरिकले ,हिमाली भेगको जनताले होस वा मधेशको जनताले होस वा पहाडको जनताले होस । जुनसुकै स्थानमा पनि अपनत्वो धारणा गरी लगानीमैत्री  वातावरण मिलाउन सरकारले पूर्ण अग्रसरता लिनुपर्ने देखिन्छ ।
मुलुक जलमा धनी भए पनि धनी भएको अनुभुति  आम नागरिकले गर्न सकेको छैन । किन त्यस्तो अनुभुति आम नागरिकले गर्न सकेनन त ? वर्तमान सम्म जलमा आफू धनी भएको र त्यसको उपयोग गरी जनताको मन जित्ने कार्य सम्पन्न हुन सकेको देखिदैन । राजनीति वादले मुलुक लाई वैचारिक कित्ता काट गरिनु हुँदैन । 
मुलुकलाई  समृद्धिको बाटोमा हिंड्न सबै राजनीतिक दल,आम नागरिक र सरकार सहमति ,सहकार्य र एकतको मार्गमा सकारात्मक भई अग्रगामी यात्रामा छलाङ्ग मार्न सक्नु पर्ने वर्तमानको जोडदार माग हो भन्दा अतियुक्ति नहोला । सहमति ,सहकार्य र एकताको मार्गमा लैजान सरकारको विशेष भुमिका रहनुपर्छ  भन्ने कुराको ठम्याई आम नागरिकको रहँदै आएको छ । राज्य अभिभावक हो । आम जनता र सबै  राजनीतिक दलहरु लाई राज्यले विश्वसनियता दिलाई सहमति,सहकार्य एकताको मार्गमा ल्याई समृद्ध नेपाल निर्माणको महान र पवित्र उदेश्यलाई गन्तव्य सम्म पुग्न कन्जुस्याइँ गरिनु हँुदैन ।
इतिहासमा मुलुक निर्माण गर्ने मौका पाउने कमै भाग्यमानी हुन्छन् । त्यो भाग्यमानीमा पर्न यो सरकार सफल हुन सक्छ कि सक्दैन ? त्यो समयले  प्रमाणित गर्दै लैजाने  कुरा हो । लक्ष्य ,उदेश्य र गन्तव्यमा विचलन आउन नदिई सुझ बुझ र सहकार्यको फराकिलो घेरा बाट मुलुक निर्माण गर्दै जाने हो भने पक्कै नेपाली जनताले चाहे जस्तो,सरकारले खोजे जस्तो माटोले मागे जस्तो नयाँ नेपाल  निर्माण हुन सक्दछ । जलसँग जनतालाई जोडने, कृषकलाई आधुनिक औजार सँग जोडने र निजी साझेदारीलाई सरल मार्गमा लैजाने हो भने मुलुकको समृद्धिको  दुरी लामो नहुन सक्छ ।हरेक किसानको गोठमा गोरु होइन अब हरेक किसानको घरमा आधुनिक  र वैज्ञानिक औजार चाहिएको छ । उद्योग गर्न चाहने युवाहरूलाई उधमशिलताको पाठ र लगानीको वातावरण बनाउनु पर्दछ । निजि लगानीकर्तालाई प्रोत्साहन गर्न सक्नु पर्दछ । विभिन्न बहानामा तर्साउने कार्य नगरी लगानीमैत्री वातावरणको सौहार्दता प्रदान गरिनुपर्दछ । मजदुर ,किसान ,उद्योगी, व्यापारी  ,निजि लगानीकर्ता ,बाह्य लगानीकर्ता ,स–साना लगानीकर्तालाई ब्याजको सरलीकरण ,वैज्ञानिक कृषि प्रणालीको सर्वसुलभ वातावरणको सिर्जना गरी समृद्धिको मार्ग प्रशस्त गर्न ढिलाई गरिनु हुँदैन । गाउँ–गाउँ ,बस्ती–बस्तीमा औषधोपचारको व्यवस्था युवाहरूलाई रोजगारीको लागि प्रोत्साहन ,रोजगारी र स्वरोजगारीको लागि सहजीकरण गर्दै अग्रगामी यात्रामा मुलुकलाई  डोर्याउन सके इतिहासमा आएको यो सुनौलो सु–अवसर र चुनौतीलाई जल,जमिन,पर्यटन,उद्योग ,व्यवसाय र सहमति,सहकार्य अनि एकता  नै आजको मुलभुत सुत्र हो भन्दा अनियुक्ती नहोला ।
तानाशाहबाट जर्जर भएको यो मुलुकमा लोकतान्त्रिक गणतन्त्रले मुलुकको मुहार फेर्न गम्भीर अठोट ,पारदर्शीता,गन्तव्य पथ,सकारात्मक सोच ,परिणाममुखी उद्धेश्य र जनमैत्री कार्यको थालानी पानी,पर्यटन र जमिन बाट सुरु गरिनुपर्दछ ।
विकाशका कार्यदिशाहरु  व्यक्ति विशेषको स्थानमा मात्र सीमित हुने पञ्चायती शैलीको पुनरावृत्ति हुनु हुँदैन । वरिष्ठ नेताको जिल्ला र कनिष्ठ नेताको जिल्ला  भनेर कित्ता काट गरिनु हँुदैन । हरेक गोरेटो बाटोहरु राजमार्गमा रुपान्तरण गर्न सक्नु पर्दछ । निरक्षरताको उन्मुलन गरी भोक र रोगबाट नागरिकलाई मुक्ति दिने वातावरणको थालनी हुनुपर्छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले लगानी पुर्णरूपमा गर्न  नसकुन्जेल निजि क्षेत्रलाई साथमा लिएर हिंड्न् सक्नु पर्दछ । विद्युत प्राधिकरण डुबाउनेहरु लाई तत्काल कानुनी दायरामा ल्याउन सक्नुपर्छ । राम्रो कार्यको थालनी गर्ने लाई पुरस्कृत गर्नु पर्दछ । सबै भन्दा पहिला मुलुक भित्र भएको पानीलाई हरेक नागरिक को पहुँच हुने गरी तीन करोड नेपालीलाई मालिक बनाउने मार्गमा  मुलुक हिड्न सक्नु पर्दछ ।
 
मुलुक लाई आधुनिकिकरणको मार्गमा लैजान नयाँ–नयाँ  प्रविधिको विकास ,वैज्ञानिकहरु लाई  उच्च तालिम लगायतका विषयमा मुलुक गम्भीर भएर अगाडि बढनुपर्ने बाध्यकारी अवस्था आइसकेको छ । समय सिमा यस्ता लक्ष्मण रेखाहरु हुन ,जसलाइ सबैले पालना गर्नु पर्दछ ।पुर्व मेची देखि पश्चिम  महाकाली सम्मका आम नागरिकको भावनाको कदर हुने गरी मुलुक निर्माणको जग बसाल्न अब ढिलाई गरिनु हँुदैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago