गोरखाको फुजेलमा करेन्ट लागेर एकको मृत्यु
- प्रकाशित मिति : Sat-11-Jan-2076
- - Admin

काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका–३ साबिकको फुजेल गाविसमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिजुलीको पोलमा काम गर्न जाँदा स्थानीय चमतीका अन्दाजी ३५ वर्षीय भुवन अधिकारीको करेन्ट लागेर मृत्यु भएको हो ।
बिजुलीको पोलमा काम गर्न जाँदा प्राधिकरणसँग सल्लाह गरेर गएको गण्डकी गाँउपालिकाका अध्यक्ष होमबहादुर रानामगरले जानकारी दिए । उनले भने, ‘प्राधिकरणको लापर्वाहीको कारण भुवनको मृत्यु भएको हो ।’ भुवन गाउँमा केही वर्ष देखि बिजुलीको काम गर्दै आएका थिए ।