भर्खरै

अघोषित लोडसेडिङ्ग हटाउन माग

  • प्रकाशित मिति : Sat-11-Jan-2076
  • - Admin
title
तम्घास, वैशाख  ।  विद्युत सेवा अवरुद्ध हुँदै जान थालेपछि गुल्मीका स्थानीय उपभोक्ताले अघोषित लोडसेडिङ्ग हटाउनु पर्ने माग  राखेका छन् । उपभोक्ताले नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुखलाई  अघोषित लोडसेडिङ  हटाउनु पर्ने माग राख्दै तीनदिने ‘अल्टिमेटम’ दिएका हुन् ।नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रको लापर्वाहीका कारण आम गुल्मेली जनता विद्युत् उपभोगबाट वञ्चित बनेको र लोडसेडिङको मार खेप्नुपरेको भन्दै गुल्मी उद्योग वाणिज्य सङ्घ र नेपाल पत्रकार महासङ्घ गुल्मीको संयुक्त टोलीले तीन दिन भित्रमा विद्युत सेवा नियमित नगरिए थप आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । गुल्मी जिल्लामा अप्रत्याशितरूपमा पटक–पकट विद्युत् सेवा अनियमित हुँदा जिल्लामा रहेका साना उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा ठूलो समस्या उत्पन्न भएको र स्थानीय उपभोक्ताले बत्ती बाल्ने प्रयोजनमा समेत असुविधा पुग्न गएको भन्दै प्राधिकरण गुल्मीका वितरण शाखा प्रमुखनारायण अर्याललाई तत्काल उक्त समस्या समाधानका लागि ध्यानाकर्षण गराइएको गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए । 
वितरण केन्द्रका प्रमुख नारायण अर्यालले विगतको तुलनामा विद्युत सेवा नियमित गर्न आफूले सक्दो प्रयास गरेको र पछिल्लो समयमा हावाहुरीका कारण पनि एक सातादेखि केही समस्या उत्पन्न भएको भन्दै कार्यालयको तर्फबाट दुई साताभित्रमा सबै समस्या समाधान गर्नेे प्रतिबद्धता जनाएका छन् । नेपाल विद्युत् प्राविधिकरण गुल्मी वितरण केन्द्रअन्तर्गत जिल्लामा २६ हजार ४३२ ग्राहक रहेका छन् । ती ग्राहकबाट मात्र जिल्लाबाट मासिक रु ७० लाखभन्दा बढी महसुल संकलन हुने गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago