इलेक्ट्रिसियनको परिवारलाई समेत विशेष छुटमा स्वास्थ्य उपचार, (दाँत)डेन्टल उपचारमा ओम समाज डेण्टल हस्पिटलसँग सम्झौता
- प्रकाशित मिति : Sat-11-Jan-2076
- - Admin

काठमाण्डौं,बैशाख । विगत लामो समयदेखि इलेक्ट्रिसियनहरुको हकहितका लागि काम गर्दै आएको संस्था नेपाल इलेक्ट्रिसियन संघ,काठमाण्डौंले इलेक्ट्रिसियनको परिवारलाई समेत विशेष छुटका साथ दाँत को उपचार गराउन ओम समाज डेण्टल हस्पिटल सँग सम्झौता गरिएको छ । नेपाल इलेक्ट्रिसियन संघ र ओम समाज डेण्टल हस्पिटल बीच २०७६ बैशाख ४ गते बुधबार दुईपक्ष सम्झौता भएको स्वास्थ्य उपसमितिका संयोजक कृष्ण राज पाण्डेले विद्युत संसारलाई बताए ।
सम्झौतापत्रमा ओम समाज डेण्टल हस्पिटलको तर्फबाट डा.सुभास घिमिरे र नेपाल इलेक्ट्रिसियन संघ काठमाण्डौंको तर्फबाट कृष्ण राज पाण्डे,पदमनाथ शर्मा र देउमान श्रेष्ठले हस्ताक्षर गरेका छन् । नेपाल इलेक्ट्रिसियन संघ,काठमाण्डौंले इलेक्ट्रिसियनको परिवारलाई समेत फुलबडि चेकमा बिशेष छुटको व्यवस्था गर्न सम्बन्धित बिभाग हरुसँग परार्मश गरिराखेकोे, १३० औ अन्तराष्ट्रिय मजदुर दिवस बैशाख १८(मे दिवस)को उपलक्ष्यमा नेपाल इलेक्ट्रिसियन संघ,काठमाण्डौं र ओम समाज डेण्टल हस्पिटलको संयुक्त आयोजनामा बिजी महल नयाँ बसपार्कमा निःशुल्क दन्त शिविर कार्यक्रम समेत रहेको हामीसँगको कुराकानीमा संयोजक पाण्डेले बताए ।
दुईपक्ष बिचमा भएको सम्झौतामा के के छन् त ?
१) नेपाल इलेक्ट्रिसियन सघंको सदस्यलाई कुनै पनि सर्जरीमा ५० प्रतिशत छुट हुनेछ ।
२) नेपाल इलेक्ट्रिसियन संघको सदस्य लाई उपचारमा ३० प्रतिशत छुट हुनेछ ।
३) नेपाल इलेक्ट्रिसियन संघको पारिवारीक सदस्यलाई उपचारको प्रकृति हेरेर २५ देखि ३० प्रतिशत सम्म छुटको व्यवस्था
रहेको छ ।
४) छुट रकमको लागि नेपाल इलेक्ट्रिसियन संघ सदस्यता पत्र अनिवार्य रुपमा ल्याउनु पर्ने छ ।
५) परिवारिक सदस्य भन्नाले श्रीमती, श्रीमान छोरा ,छोरी आमा, वुवा लाई मात्र लागु हुने छ ।
६) नेपाल इलेक्ट्रिसियन संघको सदस्य परिचय पत्र अनिवार्य रुपमा नविकरण गरेको हुनु पर्ने छ ।
७) यो सम्झौता पत्र चावहिल गोपिकृष्ण मार्ग र नैकाप शाखा दुवैमा लागु हुनेछ ।