ट्राफिक प्रहरीको ४० प्रतिशत भत्ता वृद्धि
- प्रकाशित मिति : Sat-11-Jan-2076
- - Admin

काठमाण्डौं,बैशाख । सरकारले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका २०७५ स्वीकृत गरी ४० प्रतिशतले भत्ता वृद्धि गर्ने भएको छ । मन्त्रीपरिषद्को गत बैशाख २ गते बसेको बैठकले ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धि गर्ने भएको हो ।
ट्राफिक प्रहरी जवान र हवल्दारका लागि तलबको ४० प्रतिशत, असई र सईलाई तलबको २० प्रतिशत, इन्सपेक्टर र डिएसपीलाई १० प्रतिशत भत्ता वृद्धि हुने भएको सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए ।