भर्खरै

पिपिए गर्न आउन ३ आयोजनालाई प्राधिकरणको पत्र

  • प्रकाशित मिति : Sat-11-Jan-2076
  • - Admin
title
काठमाण्डौ, बैशाख । नेपाल विद्युत प्राधिकरणले विभिन्न ३ जलविद्युत आयोजनाका प्रवद्र्धकलाई विद्युत् खरीद सम्झौता (पिपिए ) गर्न तत्काल आउन आग्रह गरेको छ । प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गरी १५ दिनभित्र उक्त सम्झौता गर्न आउन आग्रह गरेको हो । 
प्राधिकरणको व्यवस्थापनबाट पिपिए स्वीकृत भएका निजी क्षेत्रका जलविद्युत आयोजनाको पिपिएमा हस्ताक्षरका लागि बैंक ग्यारेन्टी र अख्तियारनामा सहित उपस्थित हुन आग्रह गरेको छ । प्राधिकरणले आग्रह गरेका आयोजनामा ३ मेगावाट क्षमताको पेगु खोला रहेको छ । सो आयोजना बिगु हाइड्रो भेन्चरले निर्माण गर्न लागेको हो । यस्तै पुवा खोला एक हाइड्रोपावर प्रा.लि ले निर्माण गर्न लागेको २१ मेगावाट  क्षमताको आयु मलुन  र सुपर खुदी हाइड्रो पावर प्रा.लि ले निर्माण गर्न लागेको २१.२१ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत् आयोजनालाई पनि १५ दिन भित्र सम्झौताका लागि आउन आग्रह गरेको हो । प्राधिकरणले नदी प्रवाही आयोजनाको लागि निश्चित सीमा तय गरेको छ । ५ हजार २५० मेगावाट क्षमता बराबरका नदी प्रवाही आयोजनाको मात्रै टेक अर पे मोडलमा पिपिए हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago