पिपिए गर्न आउन ३ आयोजनालाई प्राधिकरणको पत्र
- प्रकाशित मिति : Sat-11-Jan-2076
- - Admin

काठमाण्डौ, बैशाख । नेपाल विद्युत प्राधिकरणले विभिन्न ३ जलविद्युत आयोजनाका प्रवद्र्धकलाई विद्युत् खरीद सम्झौता (पिपिए ) गर्न तत्काल आउन आग्रह गरेको छ । प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गरी १५ दिनभित्र उक्त सम्झौता गर्न आउन आग्रह गरेको हो ।
प्राधिकरणको व्यवस्थापनबाट पिपिए स्वीकृत भएका निजी क्षेत्रका जलविद्युत आयोजनाको पिपिएमा हस्ताक्षरका लागि बैंक ग्यारेन्टी र अख्तियारनामा सहित उपस्थित हुन आग्रह गरेको छ । प्राधिकरणले आग्रह गरेका आयोजनामा ३ मेगावाट क्षमताको पेगु खोला रहेको छ । सो आयोजना बिगु हाइड्रो भेन्चरले निर्माण गर्न लागेको हो । यस्तै पुवा खोला एक हाइड्रोपावर प्रा.लि ले निर्माण गर्न लागेको २१ मेगावाट क्षमताको आयु मलुन र सुपर खुदी हाइड्रो पावर प्रा.लि ले निर्माण गर्न लागेको २१.२१ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत् आयोजनालाई पनि १५ दिन भित्र सम्झौताका लागि आउन आग्रह गरेको हो । प्राधिकरणले नदी प्रवाही आयोजनाको लागि निश्चित सीमा तय गरेको छ । ५ हजार २५० मेगावाट क्षमता बराबरका नदी प्रवाही आयोजनाको मात्रै टेक अर पे मोडलमा पिपिए हुनेछ ।