खुल्ला मञ्च अतिक्रमण रोक्न महानगरलाई ध्यानार्कषण
- प्रकाशित मिति : Sun-12-Jan-2076
- - रुपा तुलाधर
काठमाण्डौ, बैशाख । खुल्ला मञ्चमा भईरहेको अतिक्रमण रोक्न काठमाण्डौ महानगरपालिका लाई ध्यानाकर्षण गराएको छ । काठमाण्डौ उपत्यकामा खाली जग्गाको महत्व रहने र सुन्दरताको हिसाबले पनि महत्व रहने भन्दै खुल्ला मञ्च अतिक्रमण रोक्न महानगरपालिकाका उपमेयर हरी प्रभा खड्गी लाई ज्ञापन पत्र बुझाउदै स्थानीयबासी र सम्पदाप्रेमीहरूले ध्यानार्कषण गराएको हो ।
खुल्ला मञ्चको उत्तर दिशामा पसल राख्ने उद्धेश्यले सटर निर्माणकार्य भई रहेको र केही पसलहरु सञ्चालनमा आएको भन्दै त्यसप्रति स्थानीयबासी र सम्पदाप्रेमीहरूले आज देखि महानगरपालिका घेराउ गरी विरोध गर्न सुरु गरेको छ । बिहीबार बिहान खुलामञ्चमै उपस्थित भएर विरोध प्रदर्शनमा उत्रिएका उनीहरूले त्यहाँ बनाएका सटरहरू पनि बन्द गराएका थिए । खुला मञ्च खुला गर्न काठमाडौं महानगरपालिकासँग माग गर्दै उनीहरूले आफूहरूको माग तत्काल सम्बोधन नभए महानगरपालिका विरूद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् । खुलामञ्च अतिक्रमण हुँदा पनि काठमाडौं महानगरपालिकाले वास्ता नगरेपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।
बैशाख अन्त्य सम्म पनि माग सम्बोधन नभए खुल्ला मञ्च अतिक्रमण हुन बाट रोक्न चरण बद्ध आन्दोलन गर्ने र अन्दोलनका क्रममा भौतीक क्षति भए त्यसको सम्पूर्ण जिम्मेवार महानगरपालिका हुने विज्ञाप्तिमा उल्लेख छ ।
उपमेयर खड्गीले ज्ञापन पत्र बुझ्दै आफु सधै जनताको साथमा रहेको उल्लेख गर्दै खुल्ला मञ्च अतिक्रमण रोक्न आवश्यक सहयोग गर्ने बताएका छन् । खुल्ला मञ्चमा हाल सञ्चालनमा आएका सटरहरु समेत खाली गर्ने प्रतिबद्धता उपमेयर खड्गीले गरेका छन् ।