भर्खरै

टेलिकमको अफर : विद्यार्थीलाई ५० रुपैयाँको बोनससहित फ्री सीमकार्ड

  • प्रकाशित मिति : Mon-13-Jan-2076
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, बैशाख ।  नेपाल टेलिकमले एसईई परिक्षा दिएर बसेका र उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई दिईरहेको अफरलाई निरन्तरता दिएको छ । यो अफरअन्तर्गत विद्यार्थीले सीम निःशुल्क पाउँछन् भने ५० रुपैयाँ बराबरको टक टाइम पनि पाउनेछन् ।
५० रुपैयाँमध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न सकिने सुविधा छ । बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ । टेलिकमको यो अफर ३० दिनको अवधिका लागिमात्र लागु हुने छ । 
 
विद्यार्थी अफरअन्तर्गत सीम लिएका ग्राहकलाई ६ महिनासम्म प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस गर्ने निःशुल्क सुविधा हुने टेलिकमले जनाएको छ । हरेक महिना दिइने यो सुविधा ७ दिनभित्र उपयोग गरिसक्नु पर्छ । यो अफर अन्तर्गतको सीममा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा १ वर्षसम्म बोनस उपलब्ध हुनेछ ।
५० रुपैयाँ रिचार्ज गर्दा बोनसको रुपमा १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिन निःशुल्क गर्न सकिने छ । यो बोनस ३ दिनमा उपभोग गर्नु पर्ने हुन्छ । असार २६ सम्म यो अफर उपलब्ध हुने टेलिकमले जनाएको छ ।
एसईई दिएका विद्यार्थीहरुले सो सिम लिन विद्यालयको परिचय पत्र वा परीक्षाको प्रवेश पत्र, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ । त्यसैगरी, उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचय पत्रको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ ।

प्रतिक्रिया