भर्खरै

आवेदन दिने सबैलाई रसुवागढीको आइपिओमा न्युनतम ३० र सान्जेनमा १० कित्ता शेयर

  • प्रकाशित मिति : Mon-13-Jan-2076
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, बैशाख । जनताको जलविद्युत अन्र्तगतको रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत आयोजनामा आवदेन दिनेजति सबैले शेयर पाउने भएका छन् । 
 
रसुवागढी हाइड्रोपावरमा न्युनतम ३० कित्ता र अधिकतम ४० कित्ता शेयर पाउने छन् भने सान्जेन जलविद्युतको आइपिओ न्युनतम १० कित्ता र अधिकतम २० कित्तासम्म पाउने भएका छन् ।
 
 रसुवागढीको प्राथमिक शेयरमा ३ लाख २ हजार ५८१ जनाले एक करोड ७१ लाख कित्ताको लागि आवेदन दिएका छन् । कम्पनीले सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर निष्काशन गरेको थियो । आवेदन दिने जति सबैले ३०÷३० कित्ता पाए पछि बाँकी दुई लाख ६२ हजार कित्ता शेयर बाँकी रहेको उक्त २६ हजार २०३ जनाले थप १० कित्ता लक्की ड्र मार्फत प्राप्त गर्ने छन् ।
सान्जेन जलविद्युतको प्राथमिक शेयरमा तीन लाख ५२० जनाले एक करोड ३१ लाख कित्ताको लागि आवेदन परेको छ । कम्पनीले सर्वसाधारणको लागि ४९ लाख ८२ हजार २५० कित्ताको शेयर निष्काशन गरेको थियो ।
 
आवदेन दिने जति सबैले १० कित्ता अनिवार्य पाउने छन् । आवेदन दिने जति सबैलाई १० कित्ता शेयर बाँडफाँड गरे पछि बाँकी रहेको १९ लाख ७७ हजार कित्ताको लागि एक लाख ९७ हजार जनाले थप १० कित्ता शेयर पाउन सक्ने छन् ।
 
कम्पनीले न्युनतम १० कित्ताको लागि आवदेन दिने व्यवस्था गरेको हुँदा थप १० कित्ता शेयर पाउनेको संख्या बढ्न सक्नेछ । कम्पनीले यस अगाडि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारीरुको लागि शेयर बिक्री गरिसकेको छ ।
 
मेरो शेयरमा समस्या देखिएको भन्दै केही व्यक्तिले नेपाल धितोपत्र बोर्डमा गएर गुनासो गरेपछि बोर्डले थप दुई दिनका लागि सयम थप गरेको थियो । दुवै आयोजनाले दुई दिन समय थप गर्दा आवदेन दिनेको संख्या ३६ हजारले थप भएका छन् । सोही अवधिमा गणपति माइक्रोफाइनान्स नेपाल एग्रोको समय भने थप गरिएको थिएन ।
 
यस अगाडि शेयर खरिद गरिसकेकाले सर्वसाधारण तर्फको शेयर पाउदैनन् । दोहोर्याएर आवदेन दिएका शेयरधनीहरुलाई हटाउँदा थप १० कित्ता शेयर पाउने सम्भावना बढ्नेछ ।  

प्रतिक्रिया