भर्खरै

आगलागीबाट सात लाखको क्षति

  • प्रकाशित मिति : Thu-16-Jan-2076
  • - Admin
title

कञ्चनपुर, बैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका धौली लुहारको घरमा गए राति आगलागी हुँदा रु सात लाख ५० हजार बढीको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार चुलोबाट सल्केको आगोले लत्ताकपडा, भाँडाकुँडा, भण्डारण गरेको अन्न, कागजात र घर पूरै जलेर नष्ट भएको छ । घरको चुलोमा खाना बनाएर कोइला ननिभाउँदा त्यसबाटै घरमा आगो लागेको हुनसक्ने प्रहरी निरीक्षक अवस्थीले बताए ।
खाना खाएर लुहार परिवार अर्कैको घरमा सुत्न गएका रहेछन् उनले भने, “राति घरमा छिकेकीले आगो दन्केको देखेपछि उनलाई खबर गरेपछि आगो निभाउने प्रयास गरियो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा दुई घण्टापछि आगोमाथि नियन्त्रण कायम गर्न सकियो ।” लुहारको घर पूरै जले पनि आगोमाथि नियन्त्रण गरिँदा छिकेकीका घर भने आगलागीबाट जोगिएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 1 day ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 1 day ago