भर्खरै

५ प्रतिशतले मल्टिस्ट्रयाण्ड केबुलमा मूल्यवृद्धि

  • प्रकाशित मिति : Sat-18-Jan-2076
  • - रुपा तुलाधर
title

काठमाडौ, बैशाख । हाउस वायरिङ गर्दा प्रयोग हुने मल्टिस्ट्रयाण्ड केबुलको मूल्य वृद्धि  भएको छ । २०७६ बैशाख १५ देखि लागु हुने गरी मल्टिस्ट्रयाण्ड केबुलको मूल्यमा करिब ५ प्रतिशतले वृद्धि भएको हो । 
अन्र्तराष्ट्रिय बजारमा कपर (तामा) र डलरको मूल्यमा वृद्धि भएकोले मल्टिस्ट्रयाण्ड केबुलको मूल्यमा वृद्धि भएको नेपाल विद्युतीय उत्पादक संघ (नीमा) का सचिव तथा युनाईटेड वायर एण्ड केबलका कार्यकारी प्रमुख सुबोध खनालले बताए । 
 
उनका अनुसार मल्टिस्ट्याण्ड केबुल अन्र्तगत ०.५०mm2 केबुलको मूल्यमा गत वर्षको तुलनामा ३५ रुपैयाँले वृद्धि भएको हो गत वर्ष  प्रति क्वयाल ७ सय रहेको थियो भने हाल  प्रति क्वायल ७ सय ३५ कायम  भएको छ । त्यस्तै  ०.७५ mm2 को केबुल गत वर्ष प्रति क्वायल रु.१,०५० रहेको थियो भने हाल रु ५५ ले वृद्धि भई रु १,१०५ रुपैयाँ कायम भएको छ । १.०० mm2 केबुल गत वर्ष प्रति क्वायल रु १,२८० रुपैयाँ रहेको थियो भने हाल रु ६० रुपैयाँले वृद्धि भई रु १,३४० रुपैयाँ कायम भएको छ ।  १.५ mm2 केबुल गत वर्ष प्रति क्वायल रु १,९२० रुपैयाँ रहेको थियो भने हाल रु ९५ रुपैयाँले बृद्धि भई रु २,०१५ रुपैयाँ कायम भएको छ ।  २.५ mm2केबुल गत वर्ष प्रति क्वायल रु ३,१२० रुपैयाँ रहेको थियो भने हाल रु १५५ ले रुपैयाँले वृद्धि भई रु ३,२७५ रुपैयाँ कायम भएको छ ।  
४.०० mm2 केबुल गत वर्ष प्रति क्वायल रु ४,९०० रुपैयाँ रहेको थियो भने हाल रु २४५ रुपैयाँले वृद्धि भई रु ५,१४५ रुपैयाँ कायम भएको छ ।  ६.०० mm2 केबुल गत वर्ष प्रति क्वायल रु ७,४०० रुपैयाँ रहेको थियो भने हाल रु ३७५ रुपैयाँले वृद्धि भई रु ७,७७५ रुपैयाँ कायम भएको छ ।  १०.०० mm2 केबुल गत वर्ष प्रति क्वायल रु १२,५०० रुपैयाँ रहेको थियो भने हाल रु ६२५ रुपैयाँले बृद्धि भई रु १३,१२५ रुपैयाँ कायम भएको छ ।१६.०० mm2केबुल गत वर्ष प्रति क्वायल रु २०,००० रुपैयाँ रहेको थियो भने हाल रु १,००० रुपैयाँले वृद्धि भई रु २१,००० रुपैयाँ कायम भएको छ ।  मल्टिस्ट्रयाण्ड केबुल अन्र्तगत विभिन्न साईजका तारहरुमा मूल्य वृद्धि हुनुको प्रमुख कारण  कपर र डलर को मूल्य वृद्धि रहेको सचिव खनालले बताए ।  हाउस वायरीङ्ग केबुलमा नेपाल गुणस्तर विभागले एनएस दोस्रो संसोधन २०७४ अन्र्तगत ३÷२०, ३÷२२ जस्ता तारहरुको उत्पादन हाल नेपालमा नभएको बताउँदै अन्र्तराष्ट्रिय मापदण्ड अनुरुप मल्टिस्ट्रयाण्ड केबुल उत्पादन तथा बिक्रि हुन थालेको बताए । उनका अनुसार मल्टिस्ट्रयाण्ड केबुल प्रति उपभोक्ता आर्कषित हुँदै गएको  बताए ।

प्रतिक्रिया