भर्खरै

तनहुँ जलविद्युत् आयोजनाले ग¥यो टेन्डर आह्वान

  • प्रकाशित मिति : Sat-18-Jan-2076
  • - Admin
title

काठमाण्डौ, बैशाख । तनहुँ जलविद्युत आयोजनाले बाँधसहितको संरचना निर्माणका लागि बिहीबार टेन्डर आह्वान गरेको छ ।  आयोजनाले इटालीको कम्पनी सीएमसीसँग ठेक्का तोडेपछि  पुनः टेन्डर आह्वान गरेको हो । आयोजनाले आह्वान गरेको अन्र्तराष्ट्रिय टेन्डरमा बोलपत्र पेस गर्ने म्याद जेठ २६ सम्म रहेको छ ।तनहुँमा निर्माण हुने १ सय ४० मेगावाट क्षमताको तनहुँ सेती जलविद्युत आयोजनाको दुलेपहरोस्थित बाँध निर्माणस्थल रहेको छ । आयोजनाको बाँधसहितको पहिलो प्याकेजको संरचना निर्माणका लागि सीएमसीसँग १५ असोजमा सम्झौता भए पनि सम्झौताअनुसार काम सुरु नभएपछि आयोजनाले फागुन २३ मा ठेक्का सम्झौता तोडेको थियो । 
पहिलो प्याकेज अन्तर्गत आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नुपर्नेछ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरू एसियाली विकास बैंक (एडीबी) र युरोपेली लगानी बैंक (ईआईबी) को सहुलितपूर्ण ऋण परिचालन हुने आयोजनाले जनाएको छ ।
तनहुँ हाइड्रो पावर लिमिटेडका प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेका अनुसार टेन्डर प्रक्रियामा सहभागी हुन चाहने कम्पनीहरूले एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्नुपर्ने  बताए । दातृ निकाय एडीबीको खरिद निर्देशिका अनुसार एकैपटक दुई प्रस्ताव माग गरिएको हो ।‘पहिले प्राविधिक प्रस्ताव मूल्यांकन गरी प्रभावग्राही बोलपत्र दाताको मात्रै आर्थिक प्रस्ताव खोलिनेछ,’ उनले भने, ‘कात्तिकको दोस्रो साताभित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साताभित्रमा आयोजनास्थलमा निर्माण व्यवसायी कम्पनी परिचालन गर्ने लक्ष्य छ ।’ 
आयोजनाको निर्माण २०८१ को असार दोस्रो साताभित्र सक्ने लक्ष्य छ । तनहुँ हाइड्रो पावर लिमिटेडले खरिद सम्झौतामा भएको व्यवस्थाअनुसार२८ दिनभित्र आयोजनास्थलमा आएर काम सुरु गर्न दिइएको 
आदेश नमानेको, अग्रिम भुक्तानीका लागि बैंक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रूपमा समस्यामा परी ऋणदाताहरूलाई भुक्तानी दिन नसकेको, इटालीको अदालतमा न्यायिक प्रक्रियामा 
रहेको लगायतका कारण देखाउँदै सीएमसीसँग ठेक्का तोडेको हो ।
आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले 
आयोजनस्थलमा काम सुरु गरिसकेको छ । सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवास गृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण तथा 
डिजाइन गरिरहेको आयोजनाले जनाएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केईसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजना स्थलमा परिचालन भई प्रसारण लाइनको सर्भे गरिरहेको आयोजनाले जनाएको छ । 

प्रतिक्रिया