भर्खरै

निगमले सातै प्रदेशमा ग्यास प्लान्ट खोल्ने

  • प्रकाशित मिति : Sat-18-Jan-2076
  • - Admin
title

 
काठमाण्डौ, बैशाख । नेपाल आयल निगमले सातै प्रदेशमा खाना पकाउने एलपी ग्यासको रिफिलिङ प्लान्ट खोल्ने भएको छ । निगमले प्रदेश सरकारको सहकार्यमा ग्यास प्लान्ट खोल्ने निर्णय गरेको हो ।निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार हाल निजी क्षेत्रसँग मात्रै ग्यास प्लान्ट रहेको र निगमको १५ प्रतिशत उपस्थिति ग्यास प्लान्टको निर्णय भइसकेको  बताए । कार्यविधि बनाएर प्रक्रिया अगाडि बढ्ने समेत उनले बताए । 
हाल मुलुकभरि ५७ ग्यास उद्योग छन् । ती उद्योगले मासिक औसतमा ४० हजार टन ग्यास आयात गरी रिफिलिङ गर्दै आएका छन् । आनो माग सम्बोधन गराउन प्लान्ट नै बन्द गराउने चेतावनी र पीडीओ समेत उठाउन अस्वीकार गरेपछि निगम स्वयंले उद्योग खोल्ने योजना बनाएको हो । पौडेलका अनुसार निजी उद्योगसँग प्रतिस्पर्धाभन्दा पनि राज्यको उपस्थिति देखाउनलाई उद्योग खोल्ने योजना बनाएका र विगतको परिस्थितिलाई हेर्दा निगमको उपस्थिति आवश्यक रहेको बताए । निगमले ग्यास प्लान्ट खोल्ने निर्णय गरे पनि कति क्षमताको बनाउने तय गरेको छैन । प्रदेश सरकारसँग छलफल भने भइरहेको छ । प्रदेश सरकारसँग संयुक्त लगानीमा सञ्चालन गर्ने योजना रहेको निगमले जनाएको छ । प्रदेश सरकार कसरी आउन चाहन्छन् ? कसरी सहकार्य हुन्छ ? त्यसमा निर्भर हुने निगमले जनाएको छ । प्रदेश सरकारले सञ्चालनमा इच्छा नदेखाए पनि झापामा भने निगमले उद्योग खोल्ने जनाएको छ ।

प्रतिक्रिया