भर्खरै

अझै बनेन नलगाडको डिपिआर

  • प्रकाशित मिति : Sat-18-Jan-2076
  • - Admin
title

काठमाण्डौ, बैशाख । जाजरकोटमा निर्माण हुन लागेको ४ सय १७ मेगावाट क्षमताको नलगाड जलाशययुक्त जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)  अझै सम्म बनेको छैन । डिपिआर सम्झौता भएको ३० महिना भइसक्दा समेत डिपिआर नभएको हो ।  आयोजनाको डिपिआर बनाउन अष्ट्रेलियन कम्पनी स्मेक, अमेरिकन कम्पनी एमडब्ल्युएच र नेपाली कम्पनी उदय कन्सल्ट्यान्टको जोइन्ट भेन्चरसँग परामर्श सेवा खरिद सम्झौता गरिएको थियो । सो सम्झौताअनुसार यही वैशाख अन्तिमसम्म डिपिआरको काम सम्पन्न गरिसक्नुपर्ने हुन्छ । तर, हालसम्म पनि डिपिआरको काम आधा पनि सकिएको छैन । 
नलगाड हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. रामकाजी थापाका अनुसार सम्झौता भएको दुई वर्षपछि मात्रै कम्पनीले काम सुरु गरेको बताए । परामर्शदाता कम्पनीले समयमा काम नसकिने भयो भनेर ३ महिना समय थप्न लिखित आग्रह गरेको थियो । तर, समयभित्रै काम सक्नुपर्ने र म्याद नथपिने जवाफ दिएको प्रमुख कार्यकारी अधिकृत थापाले जानकारी दिए । 
परामर्शदाताले तयार पारेको रिपोर्टअनुसार हेडवर्कक्स (बाँध)को डिपिआर तयार गर्न ६०–६० मिटर गहिरो ड्रिल गर्नुपर्छ । तर, हालसम्म ठेकेदारले दुईवटा ५०–५० मिटरको ड्रिल बनाएको छ । त्यस्तै, 
आयोजनामा भूमिगत विद्युत्गृह सहितको डिजाइन छ । सो स्थानको माटो परीक्षण गर्न २–२ मिटर गहिरो ड्रिल गर्नुपर्छ । त्यस्तै, पावरहाउसमा जाने अडिट टनेलका लागि ३ सय २५ मिटर 
तेर्सो सुरुङ बनाउनुपर्छ । त्यसमध्ये हालसम्म १ सय ६० मिटर मात्रै छेडिएको छ ।  विद्युत्गृहको भौगर्भिक परीक्षण गर्न ड्रिल गर्दा सो ठाउँमा कमलो माटो भेटिएको परामर्शदाताले बताएको छ । माटो कमलो भएपछि ड्रिलको प्वालमा माटो खस्न नदिन जाली तथा फलामे रिपको सपोर्ट दिनुपर्ने भएको छ ।

प्रतिक्रिया