भर्खरै

तनहँको ११० घरधुरीमा पहिलो पटक बिजुली बल्यो

  • प्रकाशित मिति : Sun-19-Jan-2076
  • - Admin
title
तनहुँ, बैशाख । तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटको ११० घरधुरीमा पहिलो पटक बिजुली बत्ती पुगेको छ । हालसम्म विद्युतीकरणको सुविधा नपुगेको तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो पटक बिजुली बलेको हो ।
 
नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख शिव गोशलीका अनुसार  पचास केभीए ट्रान्सफर्मरमार्फत् प्रत्येक घरधुरीमा मिटर जडान गरेर विद्युत् सेवा शुरु गरिएको छ । उनले भने, “हालसम्म विद्युत् सेवा नपुगेको यस ठाउँमा बिजुली बाल्न सफल भएका छाँै ।” केन्द्रले एक महिना अघि मात्रै सोही वडाको ग्याजाटारमा समेत ९६ घरधुरीमा विद्युत् सेवा पु¥याएको थियो । 
 
प्रमुख गोशलीले तनहँुका १५ प्रतिशत घरधुरीमा अझै विद्युत् सेवा नपुगेको हुँदा अबको दुई वर्षभित्रमा ती सबै घरधुरीमा विद्युत् सेवा पु¥याउने बताउँदै  आर्थिक अभावले मिटर जडान गर्न नसक्ने घरधुरीलाई अनुदानमा पनि मिटर जडान गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिए ।
ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत केही दिनभित्रमा रिसिङ गाउँपालिका–३ को दुवुङ, खाल्टुभञ्ज्याङ, गुम्लेक, व्यास नगरपालिका–१३ को सुढे र व्यास नगरपालिका–१४ को मास्दीघाटमा विद्युत् सेवा पु¥याउन काम तीव्ररुपमा चलिरहेको छ । ग्रामीण विद्युतीकरण कार्यक्रमका लागि तनहुँमा रु ८५ करोड बजेट विनियोजन भएको छ ।
 
साराङघाटका स्थानीयवासी चन्द्रबहादुर गुरुङले पहिलो पटक बिजुली बल्दा गाउँलेमा उत्साह छाएको बताए । वर्षौंदेखिको बिजुली बाल्ने सपना अहिले पूरा भएको बताउँदै उनले बिजुली बलेपछि अब गाउँको मुहार फेरिने विश्वास व्यक्त गर्दै बिजुली बाल्नका लागि गाउँलेले पोल ढुवानी, पोल गाड्ने र झाडी बुट्यान फाँड्न जनश्रमदानसमेत गरेका थिए । पहिलो पटक बिजुली पुगेपछि गाउँ पुगेका गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, केन्द्र प्रमुख गोशली, सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेल, प्रहरी उपरीक्षक विनोद सिलवाललाई स्थानीयवासीले फूलमालाले स्वागत गर्दै खुशी साटेका थिए ।
 
मन्त्री चुमानले अब तनहँुका कुनै पनि घर विद्युतविहीन नहुने बताउँदै विद्युत् नपुगेका सबै घरधुरीमा बिजुली पु¥याउन प्रदेश सरकार लागिपरेको बताए । उनले भने, “विद्युत् सेवा पुग्न नसकेको सबै घरधुरीमा बढीमा दुई वर्षभित्र घरमा बत्ती बाल्ने प्रदेश सरकारको योजना छ ।”
 
पोल गाडेको दुई वर्षपछि बिजुली
 
पोल गाडेको दुई वर्षपछि तनहुँको घिरिङ गाउँपालिका–४ मा बिजुली बलेको छ । बिजुलीको पोल र तार जडान गरेको दुई वर्षपछि गाउँपालिकाको पहलमा १५५ घरधुरीमा बिजुली बलेको हो ।
 
कोट साभुङमा राखिएको ट्रान्सफर्मरमार्फत् साविक भगवतीपुरको रामकोट, जितपुर, थामडाँडा, फूला, गुरुङगाउँ र सिप्लुङका घरमा विद्युत् सेवा पुगेको स्थानीयवासी सुमनकुमार श्रेष्ठले बताए । स्थानीयवासी मोहन रानाभाटले टुकीको भरमा बाँच्न बाध्य भएका यहाँका स्थानीयवासी बत्ती बाल्न पाएपछि खुशी भएको बताए ।
 
तत्कालीन जिल्ला विकास समितिले दुई वर्षअघि पोल र तारमात्र जडान गरेको थियो । घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले विद्युत् नपुगेका ठाउँमा विद्युत् जडानको पहल भइरहेको बताए । उनका अनुसार गाउँपालिकाको वडा नं १ मा विद्युत् विस्तारको काम भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago