भर्खरै

घरेलु उद्योगलाई राहत हुने कानून बन्दै

  • प्रकाशित मिति : Sun-19-Jan-2076
  • -
title
बैशाख,नवलपरासी । प्रदेश नं ५ सरकारले लघु, घरेलु तथा साना उद्योगलाई राहत हुने गरी नीति तथा कानून निर्माण गर्ने भएको छ । समृद्धिको मुख्य आधार नै घरेलु उद्योग भएकाले यी उद्योगको प्रवद्र्धनबाटै समृद्धि सम्भव रहेको प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीको भनाइ छ ।
घरेलु तथा साना उद्योग महासङ्घ नवलपरासी र जिल्ला महिला उद्यमी समिति नवलपरासीको संयुक्त आयोजनामा सदरमुकाम परासीमा बुधबारदेखि शुरु भएको ‘प्रथम लघु, घरेलु तथा साना उद्योेग महोत्सव एवं प्रविधि प्रदर्शनी २०७६’ को उद््घाटन समारोहमा उनले भने, “स्थानीय कच्चापदार्थमा आधारित लघु तथा घरेलु उद्योगको पक्षमा सरकारले नीति निर्माण गर्छ, स्थानीयस्तरमा कच्चा पदार्थ सहज उपलब्ध हुने र तयारी वस्तुको बजारीकरण सुनिश्चित गर्न पनि सरकारले जिम्मा लिन्छ ।”
 
पूँजी अभावमा उद्योग गर्न नसक्नेलाई पनि सस्तो र सरल ब्याजमा ऋण उपलब्ध गराउनेतर्फ समेत सरकारले कदम चाल्ने उनले जानकारी दिए । यद्यपि सङ्घमा कानून निर्माणमा ढिलाइ हुँदा आफूहरुले कानून बनाएर तयारी अवस्थामा राखे पनि पारित गर्न नपाएको बताए ।
 
“संविधानमा सङ्घ, प्रदेश र स्थानीय तहको अधिकार स्पष्ट उल्लेख गरिए पनि त्यसअनुसारको कानून सङ्घीय सरकारले बनाउन ढिलाइ गरेको छ, यसले गर्दा हामीलाई समस्या भएको हो ।” मन्त्री गिरीले भने ।  
 
यस विषयमा सङ्घीय सरकारलाई ध्यानाकर्षण गराइएको बताउँदै मन्त्री गिरीले छिट्टै गाँठो फुक्ने र सहज स्थिति आउने विश्वास पनि व्यक्त गर्नुभयो । प्रदेशसभा सदस्य वैजनाथ जयसवालले स्थानीय उत्पादनको बजारीकरण र स्वरोजगारको सुनिश्चित गर्न प्रदेश सरकारलाई अनुरोध गरेका थिए । 
 
महोत्सव आयोजक घरेलु तथा साना उद्योग महासङ्घका जिल्ला अध्यक्ष मेघराज गौतमले स्थानीय उत्पादनलाई बजारीकरणमा टेवा पु¥याउने उद्देश्यले जिल्लामा पहिलो पटक घरेलु उद्योग केन्द्रित महोत्सव सञ्चालन गरिएको बताए । सङ््घीयता कार्यान्वयनपछि  गाउँगाउँमा सरकारको उपस्थिति भए पनि ती सरकारबाट लघु घरेलु तथा साना उद्योगीको प्रवद्र्धनमा कुनै पहल हुन नसकेको उनको भनाइ थियो ।  
 
आगामी २२ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा कृषि तथा वनमा आधारित उद्योग, हस्तकलाका वस्तु, लघु उद्यम, परम्परागत प्रविधि लडिया, ढिकी, झाँतो, मोही पार्ने ठेकी तथा आधुनिक प्रविधि, ललितकला, सेलरोटी तथा नेपाली खानाका परिकारलगायतका ४० स्टल रहेको महासङ्घका कार्यक्रम अधिकृत रमेश भुसालले जानकारी दिए । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago