जनताको जलविद्युत अन्र्तगतको रसुवागढी र सान्जेनको आइपीओ आज बाँडफाँट हुँदै

  • प्रकाशित मिति : Sun-19-Jan-2076
  • - विद्युत संसार संवाददाता
title

‘जनताको जलविद्युत’ अन्तर्गतको रसुवागढी र सान्जेन हाइड्रोपावर कम्पनीको साधारण शेयर (आइपीओ) आज बाँडफाँड हुँदैछ । ‘जनताको जलविद्युत’ कार्यक्रम अन्र्तगतको २१ आयोजना मध्ये रसुवागढी र सान्जेन हाइड्रोपावर पनि समावेश गरिएको छ । 
 
आज दिउँसो ३ बजे ऊर्जा मन्त्रालयको सभा हलमा आइपीओ बाँडफाँट हुने कार्यक्रम तय भएको छ । रसुवागढी हाइड्रोपावर कम्पनीको आइपीओमा १ करोड ७१ लाख ३१ हजार ५१० कित्ताका लागि आवेदन परेको छ । ३ लाख २ हजार ५३२ जनाले १ अर्ब ७१ करोड ३१ लाख ५१ हजार रुपियाँ बराबरको शेयर भरेका छन् । यसले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता शेयर निष्कासन गरेकोमा ४ प्रतिशत (४ लाख १० हजार ५२६ कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (५ लाख १३ हजार १५७ कित्ता) म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । रसुवागढीका आवेदकले अधिकतम ३० कित्तासम्म शेयर पाउने देखिएको छ ।
 
 त्यस्तै, सान्जेन जलविद्युत कम्पनीको आइपीओमा ३ लाख ४ हजार जनाले १ करोड ४१ लाख कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले कुल ५४ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ४५ (२ लाख १९ हजार कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (२ लाख ७३ हजार ७५० कित्ता) म्युचुअल फन्डलाई छुट्याएर बाँकी ४९ लाख ८२ हजार २५० कित्ता शेयरलाई सर्वसाधारणलाई बिक्री गरिएको हो । सान्जेनका लगानीकर्ताले अधिकतम २० कित्तासम्म शेयर पाउने भएका छन् । आइपीओ बाँडफाँट कार्यक्रममा ऊर्जा, सिंचाई तथा जलस्रोत मन्त्री वर्षमान पुन पनि सहभागी हुनेछन् । आइपीओका लागि आवेदन दिने सबैले अनिवार्य रुपमा शेयर पाउने भएका छन् ।

प्रतिक्रिया