भर्खरै

९० प्रतिशतलाई ब्रस गर्न आउदैन : डा. घिमिरे

  • प्रकाशित मिति : Sun-19-Jan-2076
  • - रुपा तुलाधर
title
काठमाण्डौ, वैशाख । ऊँ समाज डेन्टल हस्पिटलका प्रमुख डा. सुभाष घिमिरेले ९९ प्रतिशत नेपालीहरुले दाँत ब्रस गर्ने भए पनि ९० प्रतिशत मानिसलाई दाँत माझ्न नआउने बताएका छन् । १३० औ अन्तराष्ट्रिय श्रम दिवसको अवसरमा नेपाल इलेक्ट्रिसियन संघ र ऊँ समाज डेन्टल हस्पिटलको संयुक्त सहकार्यमा आयोजित निशुल्क दन्त परीक्षण शिविर कार्यक्रममा डा. घिमिरेले यस्तो बताएका हुन् । 
मुख सफा भए जीवन  स्वच्छ रहने  बताउँदै उनले भने  डाभटिज, ब्लड प्रेस, क्यान्सर लगायत रोगको मूख्य जड मुख हो । हामीले मीठो , नमीठो स्वच्छ, अस्वच्छ  जे खान्छौ त्यसको प्रमुख द्धार मुख हो । मुख स्वास्थ्यलाई फाइदा हुने खाना मात्र खानुपर्छ ।  कुनै पनि मानिसले शारीरिक व्यायम, खाना, बोली र मुख स्वस्थ भए विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका शारीरिक, मानसिक, आर्थिक र सामाजिक मान्यता प्राप्त गर्न सकिने बताए । 
कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका २६ वडाका अध्यक्ष ख्याम राज तिवारीले विद्युतीय क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरुलाई प्रमाण पत्रको व्यवस्थाका लागि महानगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । टोखा नगरपालिका ९ वडाध्यक्ष जेपी नेपालले स्वस्थ्य जीवनको महत्वपूर्ण पाटो रहेको बताउँदै  इलेक्ट्रिसियन संघले इलेक्ट्रिसियनहरुको स्वास्थ्यलाई ख्याल गर्दै आयोजना गरेको शिविर कार्यक्रम प्रशंसनिय रहेको बताए । कार्यक्रममा उनले इलेक्ट्रिसियनहरुलाई गुणस्तरयुक्त सामग्री प्रयोग गर्न तथा सुरक्षित भई काम गर्न समेत आग्रह गरेका थिए ।  
त्यस्तै नेप इण्डियका प्रतिनिधि महेश शर्माले  लामो समय देखि भारतीय बजारमा सकारात्मक प्रभाव पार्न सफल उत्कृष्ट नेप इण्डियका  डिभि बक्स, एमसिवि,मोडुलर स्वीच, मेटल बक्स, कलर प्लेट, पंखा लगायतका प्रोडक्टहरु नेपाली बजारमा ल्याएको र यसले नेपाली उपभोक्तामा राम्रो प्रभाव पर्ने अपेक्षा गरेको उनले बताए ।  
कार्यक्रममा संघका अध्यक्ष भीमलाल श्रेष्ठले इलेक्ट्रिसियनहरु विद्युत जस्तो सम्वेदनशील क्षेत्रसँग पौठेजोरी गर्दै आएको भए पनि स्थानीय निकायबाट इलेक्ट्रिसियनहरुका लागि आवश्यक सहयोग प्राप्त नभएको प्रति गुनासो गर्दै महानगरपालिकाले आवश्यक सहयोग गर्न आग्रह गरेका थिए । कुनै पनि भवनको विद्युतीय नक्शाङ्कन हुनुपर्ने बताउँदै उनले इलेक्ट्रिसियनहरुको सुरक्षा पनि हुनुपर्ने बताए । 
कार्यक्रममा काठमाण्डौ सटर व्यवसायी संघका अध्यक्ष मीना शिवाकोटी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ३०० जना भन्दा बढि दन्त उपचारमा सहभागी भएका थिए ।  शिविर कार्यक्रमको संयोजक नेपाल इलेक्ट्रिसियन संघका स्वास्थ्य उपसमिति संयोजक कृण्णराज पाण्डे ,देउमान श्रेष्ठ,पदमनाथ शर्मा रहेका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago