भर्खरै

आयोजना निर्माणका लागि वन क्षेत्र प्रयोग

  • प्रकाशित मिति : Sun-19-Jan-2076
  • - प्रदिप श्रेष्ठ
title

काठमाण्डौं,बैशाख । सरकारले आयोजना निर्माणका लागि सरकारले वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिएको छ । बैशाख १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले आयोजना निर्माणका लागि आवश्यक राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । 
राष्ट्रिय वन क्षेत्र प्रयोगका गर्न अनुमति पाएका आयोजनाहरुमा २५ मेगावाट क्षमताको दरबाङ्ग–म्याग्दी जलविद्युत आयोजना,फिस्लिङ–तोलाङ–शक्तिखोर ग्रामीण सडक स्तरोन्नतिका लागि र महाकाली सिँचाई आयोजनाको नहर निर्माण गर्न सरकारले वन क्षेत्र प्रयोग गर्न अनुमति दिएको हो । 

प्रतिक्रिया