भर्खरै

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न बंगलादेशको निजी क्षेत्र तयार

  • प्रकाशित मिति : Mon-20-Jan-2076
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौं,बैशाख । नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न बंगलादेशको निजी क्षेत्र तयार रहेका छन् । नेपालका ऊर्जा उत्पादन गर्ने उद्यमीसँग सहकार्य गरेर नेपालबाट आगामी १० वर्षसम्ममा बङ्गलादेशले नेपालबाट नौ हजार मेगावाट विद्युत् आयात गर्ने विषयलाई नीतिगतरुपमा नै समावेश गरेकाले निजी क्षेत्र पनि सहकार्य गर्न तयार देखिएको हो । 
 
नेपालको पानीबाट ८३ हजार मेगावाट विद्युत उत्पादन हुने प्रचुर सम्भावना रहेकोे र बङ्गलादेशलाई विद्युत् आवश्यक भएकोले दुई देश मिलेर काम गर्न सके दुवै देशले फाइदा हुने देखिएको छ । दुई देशबीच सरकारीस्तरमा नै संयुक्त संयन्त्रसमेत गठन भएको र त्यसको नियमति छलफल भइरहेको छ । 
बंगलादेशसँग विद्युत व्यापार विस्तार गर्ने उद्धेश्यले सरकार र निजी क्षेत्र मिलेर व्यापार गर्ने सहज बाटोको खोजी भईरहेको बेला स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)को १४ प्रतिनिधिमण्डलले हालै बङ्गलादेशको भ्रमण गरेर फर्केका छन् । नेपालको विद्युत बंगलादेश लैजान भारत सरकारले पनि स्वीकृति दिईसकेको अवस्था छ । त्यसैले सरकारले अन्तरदेशीय विद्युत् आदानप्रदान सम्बन्धमा गुरुयोजना कार्यान्वयनमा ल्याईसकेको अवस्थामा त्यसबाट नेपाल र बङ्गलादेशले फाइदा लिनुपर्नेमा इपानले जोड दिएको छ । 
 
 
इपानले आज काठमाण्डौमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शैलेन्द्र गुरागाइँले दुई देशबीच इनर्जी कर्पोरेशन सम्बन्धि समझदारी संयुक्त रुपमा विद्युत विकास तथा व्यापार गर्न प्रतिबद्ध रहेकोले यो अवसरको फाइदा सकेसम्म छिटो लिई अवसरलाई खेर जान दिन नहुने बताए । उनले  हाल नेपाल विद्युत् प्राधिकरणले नै गरेको विद्युत् खरीद सम्झौताको मूल्यका आधारमा नौ हजार मेगावाट विद्युत् बिक्री गर्ने वातावरण बनेको खण्डमा मात्रै रु तीन खर्ब ६० अर्ब बराबरको वार्षिक कारोवार हुने भनाई छ । 
 
उनले भने, “आवश्यकता पर्नेले मागेको र दिने अवस्थामा हामी रहेकाले सार्थक वातावरण बनाएर अगाडि बढ्नुपर्छ । यसमा सरकारले विशेष ध्यान दिनुपर्छ ।” लगानी सहजीकरणका गर्नका लागि सरकारले ऊर्जा मन्त्रालयमा छुटै डेक्सको स्थापना गर्नुपर्नेमा जोड दिँदै अहिले सम्झौता गरेर मात्र बस्ने अवस्था नभएकाले बताए  ।  
 
त्यस्तै इपानका उपाध्यक्ष कुमार पाण्डेले बङ्गलादेशले नेपालबाट विद्युत् आयात गर्ने, संयुक्त लगानी गर्ने उपयुक्त अवसरको खोजी गरिरहेको बताउँदै सरकारले यस विषयप्रति गम्भीर भई चासो दिएमा नेपालको व्यापार घाटालाई कम गर्न सकिने र नेपालमा लगानीको लागि उपयुक्त वातावरण बन्ने बताए । 
 
यस्तै नेपालमा लगानीका अवसर खोज्दै बङ्गलादेशका उद्योगी तथा व्यवसायी निकट भविष्यमा नै नेपाल भ्रमणमा आउने तयारीमा रहेको छ । प्रसारण लाइन निर्माणका लागि सरकारीस्तरमा नै तीन देशका बीचमा छलफल र विचार आदानप्रदान जरुरी रहेको भन्दै त्यसको वातावरण नेपाल र बङ्गलादेशले बनाउनुपर्नेमा समेत बङ्गलादेश सरकारको जोड रहेको इपानले जनाएको छ  । पछिल्लोपटक भारत सरकारले सार्वजनिक गरेको अन्तरदेशीय विद्युत् व्यापार तथा ऊर्जा आदानप्रदानका लागि अङ्गीकरका गरेको नीतिले समेत विद्युत् व्यापारको वातावरण बनेको छ । 
हालै गत चैत १५ र १६ गते सम्पन्न भएकोे लगानी सम्मेलनमा नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्ने इच्छुक लगानीकर्तालाई समेत थप प्रोत्साहन गर्न सकिनेछ । इपानले भारत सरकारको पछिल्लो सहज नीतिका कारण भारतीय भूमि प्रयोग गरेर प्रसारण लाइन निर्माण गर्न सकिने र सरकारीस्तरमा समझदारी भए निजी क्षेत्रले पनि प्रसारण लाइन निर्माण गर्न सकिने अवस्थाको सिर्जना भएको इपानका उपाध्यक्ष पाण्डेले बताए । 
 
नेपाली प्रतिनिधिमण्डलले बङ्गादेशको ऊर्जा राज्यमन्त्री, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष, ऊर्जा नियमन आयोगका अध्यक्ष, सरकारी स्वामित्वमा रहेको पूर्वाधार विकास कम्पनी, निजी ऊर्जा उत्पादक कम्पनी परामर्श सेवामा संलग्न कम्पनीसँग लगानीका विविध आयामका बारेमा छलफल गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago