भर्खरै

नीति तथा कार्यक्रम : मेरो सरकारुबारे देउवालाई ओलीको जवाफ

  • प्रकाशित मिति : Fri-24-Jan-2076
  • - Admin
title

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रयोग गरेको ुमेरो सरकारु शब्द सोचेर विचार गरेर प्रयोग गरिएको भन्दै प्रधानमन्त्री केपी ओलीले बचाउ गरेका छन्।
 
नीति तथा कार्यक्रममाथि छलफलको शुरुमा आइतबार प्रतिनिधिसभामा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले पटक पटक राष्ट्रपतिको संस्थालाई विवादमा तान्दै आएको र पछिल्लो पटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई नीति तथा कार्यक्रम बेलायतकी महारानीको शैलीमा प्रस्तुत भएको आरोप लगाएका थिए।
 
प्रधानमन्त्री ओलीले देउवाको भनाइ बेलायत र नेपालबीचको सम्बन्धमा नराम्रो असर पार्न सक्ने भन्दै सचेत गराए।उनले भने, बेलायत हाम्रो मित्र राष्ट्र हो र बेलायतका महारानीको संबोधनलाई हामीले टिका टिप्पणी गर्नु बाञ्छनीय हुँदैन। उहाँहरुको आफ्नो परम्परा छ। मेरो सरकारको बचाउ गर्दै लामो समय बोलेका प्रधानमन्त्रीले लोकतन्त्रको परिभाषा आंशिक रुपमा राजतान्तत्रिक स्वतन्त्रताको रुपमा मात्र बुझैको भन्दै उनले यसको अर्थ प्रतिनिधिसभालाई बुझाए।
 
राष्ट्रपतिको उक्त शब्द चयनप्रति मुख्य विपक्षी दलमात्र नभै सामाजिक सञ्जालमा पनि चर्को आलोचना भएको थियो। गणतन्त्र आएपछि बनेको पहिलो बहुमतको सरकारले ल्याएको नीति तथा कार्यक्रममा राजतन्त्रको झल्को दिने गरी राष्ट्रपतिले मेरो सरकार भनेको भन्ने विचार कैयौंले प्रकट गरेका थिए।
सरकारले ल्याएको निति तथा कार्यक्रमका बारे संसदमा उठेका प्रश्नको जवाफ जावफ दिने क्रममा मंगलवार प्रधानमन्त्रीले मेरो सरकारुका बारेमा थुप्रै कोणबाट बोले र त्यो सहि रहेको बताए।बीबीसी नेपाली सेवा

प्रतिक्रिया