नेप इन्डियाले १५ वर्ष पछि नेपाल भित्रायायो विद्युतीय सामाग्री, एम.सि.बी मा १० वर्ष,फ्यानमा ३ वर्षको ग्यारेन्टी दिदैं

  • प्रकाशित मिति : Sat-25-Jan-2076
  • - चन्द्रकान्त शर्मा जैशी प्रबन्ध,निर्देशक एस जी एम इन्टरनेशनल
title

सन् २००४ मा भारतमा नेप इण्डिया कम्पनीको स्थापना गरी एमसीबी, स्वीच, यान लगायतका प्रोडक्टहरु उत्पादन गर्दै गत वर्ष देखि नेपाली बजारमा आएको नेप इण्डियाका प्रोडक्टहरुले नेपाली उपभोक्ताहरुको मन जित्दै गएको छ । छोटो समयमा पनि गुणस्तरयुक्त सामग्री प्रदान गरी उपभोक्ताको मन जित्न सफल नेप  इन्डियाका प्रोडक्टहरु आगामी २ वर्ष भित्र नेपालमा नै याक्ट्ी स्थापना गरी उत्पादन हुने भएको छ । यसै बीच नेप इन्डिया कस्तो कम्पनी हो, कस्ता विद्युतीय सामग्रीहरु उत्पादन गर्दै आएको छ, नेपाली उद्योगीले किन भारतमा कम्पनी स्थापना गरे, नेपाल सरकारले उद्योगीहरुलाई कस्तो सहयोग गर्नुपर्छ लगायतका सन्र्दभमा रहेर नेप इण्डियाका प्रबन्धक , निर्देशक चन्द्रकान्त शर्मा जैशी सग विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश ः

 
के हो नेप इण्डिया ? कम्पनीको नाम नेप इण्डिया नै कसरी रहनु पुग्यो ? यसबारे बताईदिनुहोस् न ।

 सर्वप्रथम त मेरो बसाई लामो समय सम्म इण्डियामा नै रहयो । त्यहाँको बसाईमा मैले धेरै सफलता हासिल गर्न सके । सफलता हासिल भएकै कारण मैले दुवै देशलाई जोडी रहनका लागि कम्पनीको नाम नेप इण्डिया रहन गएको हो । मैले सन् २००४ जुन २४  बाट यस कम्पनी मैले इण्डियामा स्थापना गरेर इण्डिया बाट व्यापार यात्राको शुरुवात गरेको हो । हाल सम्म निरन्तर विद्युतीय सामानहरुको उत्पादन र बिक्रि वितरण गर्दै आईरहेका छौं । तर विगत १ वर्ष  देखिबाट मात्र नेपाली बजारमा हाम्रो प्रोडक्ट आएको हो । हाम्रो फ्याक्ट्री भारतमा नै रहेको छ ।  
 
नेप इण्डिया कम्पनीमाफर्त बजारमा के– के सामानहरु बजारमा ल्याईरहनु भएको छ ?

हामीले यस कम्पनीमार्फत विभिन्न किसिमका गुणस्तरयुक्त विद्युतीय सामानहरु बजारमा ल्याईरहेका छौं । हामीले सिलिङ्ग फ्यान,वाल फ्यान,टेबल फ्यान लगायतका फ्यानका सबै रेञ्जहरुमा हामीले बजारमा ल्याएका छौं । त्यस्तै,सामान्य रेटबाट हाई रेट सम्मका गुणस्तरयुक्त मोडुलर स्वीचहरु पनि हामीले बजारमा ल्याएका छौं । ९४३ ग्रेड जी ई भन्ने पी सि पोलिकार्बोनेट मटेरियलको प्रयोग गरी उत्पादन गर्दछौं । हामीले उत्पादन गर्ने हरेक सामानमा उपभोक्तालाई सकेसम्म उच्च गुणस्तर दिने प्रयासमा छौं । बजारमा अहिले धेरै प्रतिस्पर्धा छ तर प्रतिस्पर्धा भन्दा पनि राम्रो गुणस्तरको सामान र सहज मूल्यमा सामान दिन सक्यौ भने व्यवसाय दीर्घकाल सम्म टिकाउन सकिन्छ । मेरो उद्धेश्य भनेको आफैंले प्रोडक्ट बनाएपछि रेट पनि कम हुने र बजारमा प्रतिस्पर्धा गर्न सहज हुने वातावरण बनाउने हो । बजारमा हामीलाई अन्य कम्पनी तथा डिलरहरुलाई जस्तो समस्या भने छैन । हामी गुणस्तरमा कत्तिपनि कम्प्रमाइज गर्दैनौ । गुणस्तरमा कम्प्रमाइज नगरेपछि अवश्य नै एक न एकदिन बजार पाइन्छ । त्यस्तै हामीले स्वीच, सकेट,टेलिफोन ज्याक लगायतका सामानमा १० वर्ष र फ्यानमा ३ वर्ष ग्यारेन्टी दिने गरेका छौं । तर अन्य कम्पनीले वारेन्टी मात्र दिने गर्दछ । यदि यी सामानहरु टुट्ने,फुट्ने,आगो लाग्ने भएमा हामीले रिप्लेसमेन्ट पनि गरिदिने गरेका छौं ।  
 
नेपाली विद्युतीय बजारमा अस्वस्थ प्रतिस्पर्धा छ भन्ने सुनिन्छ ,तर तपाई इण्डियाको यति ठूलो बजारबाट नेपालको सानो बजारमा प्रवेश गर्दा यहाँले बजारको अवस्था कस्तो पाउँनुभएको छ ?

बजारमा प्रतिस्पर्धा भन्ने कुरा हरेकमा चीजमा छ । अहिलेको समय नै प्रतिस्पर्धी समय हो । यो प्रतिस्पर्धी बजारमा हाम्रो बजार अवस्था ठिकै नै रहेको छ । सबैभन्दा पहिले हामीले भन्सारबाट नै हेर्नुपर्ने हुन्छ । हामीले सामान जहाँ र जुन देशबाट आयात गरेपनि उस्तै नै हो दुरीको हिसाबले खर्च हुने गर्दछ । यद्यपि हामीले मूल्यलाई भन्दा पनि गुणस्तरलाई मध्यनजर गरेर काम गर्ने गर्दछौं । त्यसैले बजारमा जति नै प्रतिस्पर्धा रहे पनि हाम्रो बजार स्थान राम्रो नै छ  र आगामी दिनहरुमा पनि अझै राम्रो हुन्छ भन्ने आशावादी छौं । 
 
नेप इण्डिया अन्र्तगत कस्ता–कस्ता प्रोडक्टहरु बजारमा आएको छ ? यस बारे बताईदिनुहोस् न । 

हामीले जति पनि सामानहरु बजारमा ल्याएका छौं ती सबै नेप इण्डिया ब्राण्डका छन् । यस ब्राण्ड अन्र्तगत हामी फ्यानका सम्पूर्ण रेञ्ज,मोडुलर स्वीचमा ४ वटा डिजाइनका कलर प्लेट र ३ डिजाइनको स्वीचहरु महँगो र सस्तो दुवै किसिमको स्वीचहरु हामीसँग छ । त्यस्तै दुईवटा रेञ्जमा १०÷१० वर्षको ग्यारेन्टी भएको एमसीबी, डिबी बक्स,मेटल बक्स लगायतका विद्युतीय क्षेत्रको सामानहरु यस नेप इण्डिया ब्राण्डबाट उत्पादन हुँदै आईरहेको छ । 
 
 नेप इण्डियाले उत्पादन तथा बिक्रि वितरण गर्दै आएको सामान गुणस्तरयुक्त छन् भन्ने मुख्य आधारहरु के–के छन् त ?

हामीले उत्पादन गरेका सबै सामानमा आईएसओ प्राप्त छन् । नेप इण्डिया ब्राण्ड अन्र्तगतका सामग्रीहरु हामी आफैले नै उत्पादन गर्ने हुँदा सामग्रीको गुणस्तर कस्तो छ त्यसको परीक्षण गरेर गुणस्तरयुक्त सामग्रीहरु मात्र बजारमा ल्याउँदै आएका छौ । हामीले हाम्रो आफ्नै फ्याक्ट्रीबाट सामग्रीहरु उत्पादन गर्ने र त्यसको गुणस्तर कस्तो छ, कहाँ के कमजोरी भएको छ ति सबैको परीक्षण हामी आफैले गर्ने हँुदा हामीले गुणस्तरयुक्त प्रोडक्टहरु मात्र बजारमा ल्याउने गरेका छौ । यो नै 
हामीले उत्पादन गर्दै आएको सामग्रीहरुको गुणस्तरको प्रमुख आधार हो । त्यस्तै हाम्रा प्रोडक्टहरु प्रयोग गर्ने उपभोक्ताहरुलाई प्रोडक्टको प्रयोग पछि फुल सर्भिस दिंदै आएका छौ । नेपालमा नै रहेर, नेपालमा नै गुणस्तरयुक्त सामग्री उत्पादन गर्ने, बिक्रि वितरण गर्ने हाम्रो मूख्य उद्धेश्य हो । सोही उद्धेश्य अनुरुप नै हामीले हाम्रो सेवा विस्तार गर्दै आएका छौ ।  
 
नेपाल र भारतमा उद्योगपति भएर काम गरिरहँदा कस्तो फरक पाउनु भएको छ ?

नेपाल र भारतमा उद्योगी भएर काम गरिरहँदा मैले खासै फरक पाएको छैन । कुनै उद्योगीले लगानी मात्र नगरी उत्पादन गर्न लागेको प्रोडक्ट प्रति राम्रो ज्ञान छ, भने जहाँ बसेर काम गर्दा पनि राम्रो नै हुन्छ ।  नेपाल सरकारले  भारत सरकारले जस्तो उद्योगीहरुलाई आवश्यक सुविधा भने उपलब्ध गराउन सकेको छैन । यद्यपि नेपाली भएर अहिले नेपालमा नै बसेर प्रोडक्टहरु उत्पादन गर्न पाउँदा भने खुसी छु । हामीले गरेको लगानी, उत्पादनबाट नेपाली पैसा विदेशीनबाट केही मात्रामा भए पनि बचाउ भएको छ । 
 
नेप इण्डियाको भावी योजनाहरु के–के रहेका छन् ? बताईदिनुहोस् न । 

 नेप इण्डियाले उत्पादन गर्दै आएका  फ्यान, स्वीच, एम.सि.बी लगायत सबै प्रोडक्टहरु नेपालमा नै फ्याक्ट्री सञ्चालन गरी उत्पादन गर्ने योजनामा  छौ । सम्भवत अबको दुई वर्ष भित्र नेपालमा नै फ्याक्ट्री खोल्ने योजनामा छौ ।  
 
नेपाल सरकारले तपाई जस्ता उद्योगीहरुलाई कस्तो किसिमको सहयोग गर्नु आवश्यक छ ? 

समृद्ध नेपाल निर्माणका लागि सरकारले उद्योगीहरुलाई आवश्यक सहयोग गर्नुपर्दछ । सरकारले उद्योगीहरुलाई सहयोग गरेको खण्डमा देशको आर्थिक समृद्धि हुन्छ  । त्यस्तै देशमा नै रोजगारीको अवसर समेत सिर्जना हुन्छ भने दक्ष युवा जनशक्तिहरु विदेशीनु पर्दैन । अहिले नेपाल हाउस वायरीङ्ग केबुलमा आत्मनिर्भर बनिसकेको छ । त्यस्तै वायरीङ्ग केबुलमा जस्तै अन्य विद्युतीय प्रोडक्टहरुमा पनि नेपाल आत्मनिर्भर बन्नु आवश्यक छ । यसका लागि सरकारले उद्योगीहरुलाई  आवश्यक सहयोग गरी उद्योग सञ्चालन गर्नका लागि प्रोत्साहन गर्नुपर्दछ ।  
 
विद्युतीय व्यवसायका क्षेत्रमा हुने अन्डरविलिङको समस्या प्रति तपाई के भन्नु हुन्छ ?

सामग्रीहरु आयात गर्दा भन्सारमा लाग्ने करका कारण अन्डरविलिङ्ग समस्या भएको हो । कुनै पनि सामग्री आयात गर्दा भन्सार मूल्याड्ढन उचित ढंगबाट नहुँदा अन्डरविलिङ्गको समस्या बढ्दै गएको हो । 
 
नेप इन्डियाका प्रोडक्टहरु भर्खरै नेपाली बजारमा आएको हो, अझै बढी उपभोक्ता माझ पु¥याउनका लागि  के गर्दै आउनु भएको छ ? 

नेप इन्डियाका प्रोडक्ट नेपाली बजारमा आएको धेरै समय भएको छैन । यद्यपि हाम्रा प्रोडक्टहरु गुणस्तरीय रहेकोले उपभोक्ताहरुले रुचाएका छन् । हाम्रा प्रोडक्टहरु नेपालभर विस्तार भइनसकेको अहिलेको अवस्थामा उपभोक्ताहरु नेप इन्डियाका प्रोडक्डहरु खोज्दै आउने गरेका छन् । त्यस्तै हामीले हाम्रा प्रोडक्टहरुका बारेमा इलेक्ट्रिसियनहरु मार्फत, सम्बन्धित संघ संस्थाका कार्यक्रम तथा सञ्चार माध्यम मार्फत जानकारी गराउँदै आएका छौ । हामीले नेप इन्डियाको फ्याक्ट्री नेपालमा नै स्थापना गरे पश्चात अझ यसको प्रचार हुने, उपभोक्ताहरुले यसको बारेमा जान्ने बुझ्ने अवसर पाउँछ भन्नेमा विश्वस्त छौ । 
 
अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनु हुन्छ ?

अहिलेको समयमा विद्युत अत्यन्त अपरिहार्य बन्दै गएको छ । विद्युत विना कुनै पनि कार्य प्राय ः असम्भव जस्तै छ । विद्युतको आवश्यकता र महत्व बढ्दै गए सँगै विद्युतीय सामग्रीहरुको प्रयोग पनि बढ्दै गईरहेको छ । त्यसैले गुणस्तरयुक्त विद्युतीय सामग्रीहरु प्रयोग गर्न आम उपभोक्ताहरुलाई आग्रह गर्दछु ।  त्यस्तै नयाँ भवन बनाउँदा वायर, एमसीबी , स्वीच लगायत सामग्रीहरु गुणस्तरमा ध्यान दिन उपभोक्तालाई आग्रह गर्दछु ।
 

प्रतिक्रिया