भर्खरै

क्रेनको तार चुडिँदा माथिल्लो तामाकोशी आयोजनाको काम प्रभावित

  • प्रकाशित मिति : Sat-25-Jan-2076
  • - Admin
title
काठमाण्डौ, बैशाख । क्रेनको तार चुँडिदा दोलखामा निर्माणाधिन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाको काम प्रभावित भएको छ । पेनस्टक पाइप जडानको क्रममा क्रेनको तार चुँडिएपछि  आयोजना प्रभावित भएको हो । आयोजनाका प्रबन्धक विज्ञान श्रेष्ठका अनुसार तीन दिनअघि तार चुँडिएपछि काम प्रभावित बनेकोे बताए ।  आयोजनामा पेनस्टक जडानको काम मात्रै बाँकी  रहेको जानकारी दिंदै चुँडिएको तार फेरेपछि पुनः काम सुचारु हुने उनले बताए  । 
आयोजनाको हेडवक्र्स, पावरहाउस र सुरुङ निर्माणको काम लगभग पूरा भइसके पनि ठाडो सुरुङमा पेनस्टक पाइप राख्न भने चुनौतीपूर्ण मानिएको छ ।
 आयोजनाको माथिल्लो सुरुङमा पेनस्टक पाइप जडान एन्ड्रिज हाइड्रो र तल्लो सुरुङमा भारतीय कम्पनीले टेक्सम्याकोले गरीरहेको छ । तल्लो सुरुङमा पेनस्टक पाइप जडान गर्ने क्रममा क्रेनको तार चुँडिएको छ ।
आयोजनाको माथिल्लो र तल्लो पेनस्टक साफ्टमा पेनस्टक पाइप जडान गर्नुपर्नेछ । ५ मिटर लम्बाई भएका एउटा पाइपको तौल २७ टन हुन्छ । सुरुङभित्र पाइप जडानका लागि क्रेन जडान गरिएको थियो । माथिल्लो र तल्लो सुरुङलाई जोड्ने गरी वेन्ड पेनस्टक पाइप भने जडान भइसकेको छ ।
आगामी महिना आयोजनाको हेडवक्र्स संरचनाको परीक्षण भनेसुरु गर्ने तयारी भइरहेको प्रबन्धक श्रेष्ठले जानकारी दिए । हेडवक्र्समा बाँधको संरचना र पानी नियन्त्रणका लागि हाइड्रोलिक गेट जडान गर्ने काम सकिएको छ । आयोजनामा पेनस्टक पाइप जडानसहित हाइड्रोमेकानिकल कामको जिम्मा भारतीय कम्पनी टेक्सम्याकोले पाएको थियो । भारतीय कम्पनीले काममा ढिलाई गरेपछि आधा कामको जिम्मा एन्ड्रिज हाइड्रोलाई दिइएको हो । आयोजना, टेक्सम्याको र एन्ड्रिजबीच पुस २३ मा पेनस्टक पाइपको काम मिलेर गर्ने गरी त्रिपक्षीय सम्झौता भएको थियो ।आयोजनाको निर्माण गत पुसमा सक्ने लक्ष्य लिइएको भए पनि ठेकेदार कम्पनीको ढिलाइ कारण आगामी पुसमा पहिलो युनिटबाट विद्युत् उत्पादनको लक्ष्यसहित नयाँ तालिका निर्धारण गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago