भर्खरै

बिउरेनी जलविद्युत आयोजना बैशाख भित्र सम्पन्न हुने

  • प्रकाशित मिति : Sat-25-Jan-2076
  • - Admin
title
जुम्ला, बैशाख । जुम्लाको पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा निर्माणाधिन ५८ किलोवाट  क्षमताको बिउरेनी  साना लघुजलविद्युत आयोजना बैशाख भित्र सम्पन्न हुने भएको छ । आव २०७१ ÷ ७२ बाट निर्माण कार्य शुरु गरिएको उक्त आयोजना बैशाख अन्तिम साताभित्र  सम्पन्न गरी बिजुली  बाल्ने भएको हो । साना लघु जलविद्युत बिउरेनी उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बुढाका अनुसार आयोजनाले वैशाख अन्तिम साताभित्र पूर्णता पाउने बताए । नहर बाट बिजुली उत्पादन हुने र त्यसैबाट सिँचाइको काम पनि हुने गरी आयोजना निर्माण गरिएको अध्यक्ष बुढाले बताए । तीन करोड लागतको प्राविधिक स्टीमेटमा निर्माणकार्य थालनी गरिएको बहुउद्देश्यीय आयोजना अढाई वर्षमा निर्माण कार्यसम्पन्न हुनुपर्ने हो, तर बजेट अभावका कारण अहिलेसम्म लम्बिएको उनले जानकारी दिए । 
उपभोक्ता समितिका अध्यक्ष बुढाले तत्कालीन डिल्लीचौर गाउँ विकास समितिको कर्णाली रोजगार कार्यक्रम अन्तर्गतको २० लाख बजेटबाट विद्युत र सिँचाइ हुने गरी काम शुरु गरिएको, सांसद विकास कोषबाट ३० लाख, गैर–सरकारी संस्था सूर्य सामाजिक सेवा संघ(फोरएस) जुम्लाबाट २० लाख, पातारासी गाउँपालिकाबाट ७५ लाख बजेट गरी जम्मा एक करोड ४० लाख बजेट जुटाएर काम भएको जानकारी दिए । 
उक्त आयोजनाबाट पातारासी क्षेत्रका तिर्खु लाम्री, डिल्लीचौर जम्न गरी चार गाउँको करिब पाँच सय घरधुरी लाभान्वित हुुने भएका छन् । बजेट अभावले ट्रान्समिटर र अन्य केही विद्युत सामग्री खरिद गर्न बाँकी नै छ । अझै गाउँपालिकाको सहयोगको अपेक्षा निर्माण समितिले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago