भर्खरै

पैसामा होइन गुणस्तरमा ध्यान दिऊ ः अध्यक्ष पटेल

  • प्रकाशित मिति : Sat-25-Jan-2076
  • - Admin
title

वीरगञ्ज,बैशाख । पर्सा विद्युतीय व्यवसायी संघ,वीरगञ्जका अध्यक्ष कृष्ण पटेलले पैसालाई नहेरी सामानको गुणस्तरलाई हेरेर सामान प्रयोग गर्नुपर्ने बताएका छन् । भारतमा लोकप्रियता कमाउन सफल सीके विरल्ला ग्रुप कम्पनीका ओरियन्ट इलेक्ट्रिकका विद्युतीय प्रोडक्ट सम्बन्धी वीरगञ्जको विश्वा होटलमा गत शुक्रबार डिलर मिट कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष पटेलले ओरियन्ट इलेक्ट्रिकका प्रोडक्टहरु मोडुलर स्वीच,एलईडी बल्ब,डिबी बक्स,जीआई मेटल बक्स, एम.सी.बी,लगायतका प्रोडक्टहरु करिब १ वर्ष नपुग्दै बजारमा ल्याएका विद्युतीय हरेक सामानहरु गुणस्तरयुक्त भएकोले ढुक्क भएर प्रयोग गर्न आवहन गरेका छन् । 
ओरियन्ट इलेक्ट्रिका प्रोडक्टहरु बिक्रि गर्ने पूर्व मेची देखि पश्चिम महाकाली सम्मका ३२ वटा डिलरहरुलाई प्रमाणपत्र वितरण, वार्षिक स्कीम अन्र्तगत २५ जना मध्येबाट १८ जना लाई थाईल्याडको ५ रात ६ दिन भ्रमण तय भईसकेको समय टेडर्सका डाईरेक्टर सिताराम सरार्फले हामीसँगको कुराकानीमा बताए । 
डाईरेक्टर सरार्फले भने यस स्वीचमा तीन  तहको सुरक्षा र थ्री एबीको प्रविधि प्रयोग भएको बताए । कार्यक्रममा ३२ डिलरहरु मध्ये उत्कृष्ट ३ जनालाई ट्रफि,मेडल र १० ग्रामका ७ वटा चाँदीका सिक्का वितरण गरिएको थियो । प्रथम एसआरजु टे«ड लिंक, बुटवल का बिमल श्रेष्ठ, द्धितिय जय बज्ररङ्ग टे«ड लिंक, विराटनगरका कृण्ण प्रसाद कलवार,र तृतिया समय इलेक्ट्रा विरगञ्जका हेमन्त सरार्फ ले हात पार्न सफल भएका छन भने ३ करोड ५० लाखको बुकिङ्ग गरिएको र करिब १५० जना व्यवसायीहरुको उपस्थितीमा भव्य साँस्कृतिक मनोरञ्जनका बीच डिलर मिट सम्पन्न भएको कम्पनीका डाईरेक्टर सरार्फले  बताए । यस ओरियन्ट इलेक्ट्रिक ब्राण्डका प्रोडक्ट नेपालको आधिकारी  बिक्रेता समय टेडर्सले लिएको छ ।

प्रतिक्रिया