आधिकारिक ट्रेड युनियनमा राष्ट्रिय कर्मचारी युनियन विजयी

  • प्रकाशित मिति : Sat-25-Jan-2076
  • - Admin
title

काठमाण्डौ, बैशाख । नेपाल विद्युत प्राधिकरणमा आधिकारिक ट्रेड युनियनमा ‘राष्ट्रिय कर्मचारी युनियन’विजयी भई आधिकारिकताको मान्यता पाएको छ । ट्रेड युनियनको बिहीबार भएको चुनावमा कर्मचारी संघलाई १३ सयभन्दा बढी मतले पछि पार्दै राष्ट्रिय कर्मचारी युनियन’आधिकारिक बनेको हो । कूल ८ हजार २ सय ७७ मत मध्ये युनियनले ४ हजार ७ सय २२, संघले ३ हजार ३ सय ९८ र कर्मचारी परिषद्ले १ सय ५७ मत ल्याएका छन् । युनियनले संघको भन्दा १३ सय २४ मत बढी ल्याएको हो । २–२ वर्षमा आधिकारिक टे«ड युनियनको चुनाव हुने गरेको छ । युनियनका संयोजक रामेश्वरप्रसाद पौडेलका अनुसार घोषणापत्रमा उल्लेख भएका विषयमध्ये विद्युत सुविधा, घरभाडा, काउन्टर भत्तालगायत विषय आगामी भदौ १ गत भन्दा अगाडि ल्याउने बताए । प्राधिकरणलाई जलविद्युतमा लगानी गर्न सरकारलाई दबाब दिने र संस्थाको हितमा काम गर्ने प्रयास गर्ने उनले बताए । 

प्रतिक्रिया