भर्खरै

आधिकारिक ट्रेड युनियनमा राष्ट्रिय कर्मचारी युनियन विजयी

  • प्रकाशित मिति : Sat-25-Jan-2076
  • - Admin
title
काठमाण्डौ, बैशाख । नेपाल विद्युत प्राधिकरणमा आधिकारिक ट्रेड युनियनमा ‘राष्ट्रिय कर्मचारी युनियन’विजयी भई आधिकारिकताको मान्यता पाएको छ । ट्रेड युनियनको बिहीबार भएको चुनावमा कर्मचारी संघलाई १३ सयभन्दा बढी मतले पछि पार्दै राष्ट्रिय कर्मचारी युनियन’आधिकारिक बनेको हो । कूल ८ हजार २ सय ७७ मत मध्ये युनियनले ४ हजार ७ सय २२, संघले ३ हजार ३ सय ९८ र कर्मचारी परिषद्ले १ सय ५७ मत ल्याएका छन् । युनियनले संघको भन्दा १३ सय २४ मत बढी ल्याएको हो । २–२ वर्षमा आधिकारिक टे«ड युनियनको चुनाव हुने गरेको छ । युनियनका संयोजक रामेश्वरप्रसाद पौडेलका अनुसार घोषणापत्रमा उल्लेख भएका विषयमध्ये विद्युत सुविधा, घरभाडा, काउन्टर भत्तालगायत विषय आगामी भदौ १ गत भन्दा अगाडि ल्याउने बताए । प्राधिकरणलाई जलविद्युतमा लगानी गर्न सरकारलाई दबाब दिने र संस्थाको हितमा काम गर्ने प्रयास गर्ने उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago