भर्खरै

तोरण अटोमोवाइल्समा आगलागी, ३७ लाख भन्दा बढी क्षति

  • प्रकाशित मिति : Sun-26-Jan-2076
  • - Admin
title

प्युठान, बैशाख । प्युठान नगरपालिका ७ टिकुरी बसपार्क नजिक रहेको तोरण अटोमोवाइल्स प्रालीमा आगलागी भएको छ । बुधबाार राति करिब साढे ८ बजे प्युठान ३ का चन्द्रमान श्रेष्ठले सञ्चालन गरेको प्रालीमा आगलागी भएको अस्थायी प्रहरी पोष्ट बाग्दुलाले जानकारी दिएको छ । 
 
३७ लाख भन्दा बढीको क्षति श्रेष्ठले प्युठान ४ जुम्रीमा सञ्चालनमा ल्याएको व्यवसाय शाखाको रुपमा ५ महिना पहिले टिप्परलाई मध्यनजर गर्दै टिकुरीमा सञ्चालन गरेको बताए । आगलागी हुँदा सञ्चालनका ल्याएको टहरो, मोविल, गियर, ग्रिजलगायत गाडी मर्मतका सम्पूर्ण सामाग्रीहरु जलेर नष्ट भएको सञ्चालक श्रेष्ठले बताए । आगलागीमा ३७ लाख सात सय ५० रुपैयाँ बराबरको सामाग्री नष्ट भएको अस्थायी प्रहरी पोष्ट बाग्दुलाका इन्चार्ज प्रहरी सहायक निरीक्षक मोहन खत्रीले जानकारी दिए ।
 
आगो प्रहरी, स्थानीयहरुले नियन्त्रणमा लिएका थिए । स्थानीयले भने कसैले आगो लगाएका हुनसक्ने आशंका गरेका छन् । आगो कसरी लागेको र कसले लगाएको भन्ने विषयमा अनुसन्धान भइरहेको खत्रीले जानकारी दिए । नयाँ पत्रिका

प्रतिक्रिया