हेटौडा ढल्केबर दुहवी प्रशारणलाइन आयोजनाको राइट अफ वे का रुखविरुवा हटाउन स्वीकृत
- प्रकाशित मिति : Sun-26-Jan-2076
- - रुपा तुलाधर

काठमाण्डौ, बैशाख । हेटौडा ढल्केबर दुहवी ४०० के.भी प्रशारणलाइन आयोजनाको दोस्रो खण्डको राइट अफ वे का रुखविरुवा हटाउन स्वीकृत दिइएको छ । राइट अफ वे भित्र विभिन्न सामुदायिक बनसहितको राष्ट्रिय वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका थप ८९९ वटा रुखविरुवाहरु हटाउन स्वीकृति दिइएको हो ।
आयोजनाको सप्तरीमा पर्ने टावर तथा २३ मिटर दायाँ र २३ मिटर वायाँ प्रसारण लाइनको रुट(राइट अफ वे)का लागि ३१.६७ हेक्टर वन क्षेत्रको जग्गा प्रयोग गर्न र त्यहाँ रहेका रुखबिरुवा हटाउन मन्त्रिपरिषदको १ भदौ २०७३ का स्वीकृति दिएको थियो यद्यपि कार्य प्रक्रिया अघि बढ्न सकेको थिएन । सन् २०२० अप्रिल मा सक्ने लक्ष्य राखिएको यो आयोजना नेपाल सरकार, प्राधिकरणको लगानी र विश्व बैकको नेपाल–भारत विद्युत प्रसारण लाइन तथा व्यापार परियोजना अन्तर्गतको सहुलियतपूर्ण निर्माण भइरहेको छ । नेपालभित्रको प्रसारण लाइन सुदृढिकरण गर्न र नेपाल–भारतबीचको विद्युत व्यापारलाई सहज बनाउन प्रसारण लाइनको निर्माण भइरहेको हो ।