भर्खरै

सडकका कारण मकरीगाड जलविद्युत आयोजनाको निर्माणमा ढिलाई

  • प्रकाशित मिति : Mon-27-Jan-2076
  • - विद्युत संसार संवाददाता
title
दार्चुला,बैशाख  । दार्चुलाको अपि हिमाल गाउँपालिकाको वडा नं ५ मा रहेको १० मेगावाट क्षमताको मकरीगाड जलविद्युत् आयोजनाको निर्माण कार्यमा ढिलाई भएको छ । 
 
आयोजना स्थलसम्म पुग्ने सडक निर्माण कार्यमा भएको ढिलाईका कारण  आयोजनाको निर्माणमा ढिलाई भइरहेको हो ।
 
आयोजनाको काम गत पुस महिनाबाट निर्माण सुरु गर्ने लक्ष्य राखेको भएपनि सडक नपुगकोले हालसम्म पनि काम सुरु हुन सकेको छैन ।सन् २०१९ भित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाका इन्जिनियर उपेन्द्रबहादुर चन्दले बताए । आयोजनाको कुल लागत दुई अर्ब पाँच करोड रुपैया लाग्ने अनुमान गरिएको छ । आयोजना निर्माण पश्चात सुदूरपश्चिम प्रदेशमा विद्युत आपूर्तिको सहज हुने छ ।
 
संघीय सरकारले निर्माण गरिरहेको जिल्लाको मार्मादेखि मकरीगाड हँुदै अपि हिमालको खण्डेश्वरी जोड्ने विटुले पारिबगर खण्डेश्वरी सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएपनि सवारी साधन गुड्नसम्मको गुणस्तर अझै हुन सकेको छैन । यस आयोजनाबाट उत्पादन भएको विद्युत् नेपाल विद्युत् प्राधिकरणको चमेलियाको बलाँचस्थित १३२ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय विद्युत् प्रणालीमा जोड्ने योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago