भर्खरै

आर्थिक उदारवादमा अंकुश लगाउन खोजियो ः पूर्व अर्थमन्त्री महत

  • प्रकाशित मिति : Thu-30-Jan-2076
  • - Admin
title

काठमाण्डौ, बैशाख । पूर्व अर्थमन्त्री डा. रामशरण महत तथा पूर्व प्रशासकहरुले सरकारले खुृलाबजार अर्थतन्त्र माथि अंकुश लगाउन खोजेको आरोप लगाएका छन । मिडिया स्कुलको आयोजनामा उदारवादी अर्थशास्त्री डा. भोलानाथ चालिसेको स्मरणमा उदारवाद आजको सान्र्दभिकता बिषयक कार्यक्रममा पूर्व अर्थमन्त्री महतले यस्तो बताएका हुन् । कार्यक्रममा पूर्व अर्थमन्त्री तथा पूर्व सचिवहरुले सरकारी निति निर्माणमा पारदर्शिता कमजोर बन्दै गएको गुनासो गरेका छन । 
 
 
 
कार्यक्रममा वोल्दै पूर्व अर्थमन्त्री महतले निजी क्षेत्रको स्वतन्त्रता कमजोर हुदाँ आर्थिक विकास र समृद्धि संभव नहुने बताए । त्यस्तै अर्का पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढे मात्र औधोगिक क्षेत्रको विकास संभव हुने बताए । 
पूर्वमहालेखा परीक्षक भानुप्रसाद आचार्यले सरकारी खर्चको प्रभावकारिता र पारदर्शिता जोड दिदै आर्थिक प्रशासनको जिम्मेवारीलाइ्र्र कमजोर बन्र्दै गएको चर्चा गरेका थिए । 
कार्यक्रममा पूर्व सचिव विमल वाग्लेले मुलुकको प्रशासनिक क्षेत्रले निर्णय प्रकृयामा अपनाउनु पर्ने पारदर्शिता र कर्मचारीतन्त्रलाई हस्तक्षेपमुक्त बनाउनु पर्ने माजोड दिएका थिए । 
 
उदारवाद आर्थिक पत्रकारिता पुरस्कारको घोषणा    

कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाजले हरेक बर्ष बजार अर्थतन्त्रमा कलम चलाउने संचारकर्मीलाई डा. भोलानाथचालिसे उदारवाद आर्थिक पत्रकारिता अर्वाडबाट पुरस्कृत गर्ने घोषणा गरेको छ । आर्थिक पत्रकार समाज (सेजन) का महासचिव भीमगौतमले आगामी बर्ष देखि सो पुरस्कार प्रदान गर्ने जानकारी दिए ।  
 

प्रतिक्रिया