भर्खरै

संचारमन्त्रीको ठाडो आदेशमा राससका तीन पत्रकारको जागिर धरापमा

  • प्रकाशित मिति : Thu-30-Jan-2076
  • - Admin
title
काठमाडौं । सरकारले संचारमाध्यम र संचारकर्मीमाथि नियन्त्रित नीति ल्याउँदै गर्दा संचारकर्मीमाथि दुःख दिने क्रम पनि बढेको छ । 
 
संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटोको ठाडो आदेशमा राष्ट्रिय समाचार समिति राससका तीन पत्रकारको जागिर धरापमा परेको हो । 
 
दलाई लामाको समाचार सम्पे्रषण गरेको भन्दै राससको अंग्रेजी डेक्सका सोमनाथ लामिछाने, मोहनी रिसाल र जीवन भण्डारीलाई रासस व्यवस्थापनले स्पष्टिकरण सोधेको हो । 
बौद्ध धर्मगुरु तथा तिब्बती शरणार्थी नेता दलाई लामा भारतको नयाँ दिल्लीस्थित अस्पतालबाट डिस्चार्ज भई धर्मशालामा पुगेको समाचार ‘तिब्बती नेता दलाई लामा अस्पतालबाट धर्मशाला फिर्ता’ शीर्षकमा समाचार सम्प्रेषण गरेको भन्दै तीन जनामाथि स्पष्टिकरणको पत्र थमाइएको हो । 
 
गत बैशाख २३ गते थमाइएको पत्रमा नेपाल सरकारले ‘एक चीन नीति’ अवलम्बन गरेको र नेपालको भूमि कुनै पनि मुलुकको विरुद्ध उपयोग गर्न नदिने बचनवद्धता प्रकट गरेको तथा दलाई लामाका विषयमा चीन निकै संवेदनशील भएको सार्थ साही समयमा राष्ट्रिपति विद्यादेवी भण्डारी चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणमा रहेको सन्दर्भमा उक्त समाचार के कति कारणले नेपाली भाषामा अनुवाद भई राससको अन्तर्रा्ष्ट्रिय सेवाबाट अंग्रेजी र नेपाली दुवै भाषामा सम्प्रेषण भएको हो स्पष्टिकरण दिन भनी उल्लेख छ । 
 
 
पत्रमा राससका बोर्ड सदस्य एवं छानविन समिति संयोजक दिल्लीराम भट्टराईको हस्ताक्षर भएकाले यो विषयलाई सरकारले गम्भीर रुपले हेरेको स्पष्ट भएको छ । 
मन्त्री बास्कोटाको निर्देशनमा चार सदस्यीय छानबिन समिति गठन भएको र उक्त समितिले तिनै जनालाई पत्र पठाएर स्पष्टिकरण लिएको हो । 
 
जवाफमा पीडित पत्रकारहरुले सरकारले एक चीन नीति लिए पनि अहिलेसम्म राससले समाचार राख्ने या नराख्ने भन्नेबारे केही स्पष्ट गाइडलाइन नभएको जवाफ दिएका छन् ।  
राससले स्पष्ट गाइडलाइन नबनाउने तर दुःख दिने नियतले संचारकर्मीहरुलाई यसरी पत्र थमाउनुलाई भने प्रेस स्वतन्त्रताको खिलाफमा गएको भनी बुझ्न थालिएको छ । दलाई लामाको खवरबारे जानकारी लिएर  चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका प्रतिनिधिले राससका अध्यक्ष श्यामप्रसाद अधिकारी ‘स्यामल’ लाई भेटेका थिए । 
 
चीनको दवावपछि नै राससका तीन संचारकर्मीको जागिर धरापमा परेको हो । पीडित पत्रकारहरुले जवाफ पठाएपछि रासस व्यवस्थापनले थप कुनै कदम भने चालेको छैन । ८३ वर्षीय दलाई लामालाई चीन सरकारले सन् १९५९ मा चीनबाट निर्वा्सित गरेको थियो ।
हाम्रो कुरा डटकम

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago